• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

कुमरोज बनमा पर्यटकिय आकर्षण, गत आर्थिक बर्षमा साढे चार करोड आम्दानी

  •   बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित

रत्ननगर । कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले चितवनका पत्रकारहरुसँग पर्यटन प्रवर्द्धन र संरक्षणसम्बन्धी अन्तर्क्रिया गरेको छ ।

Advertisement

पछिल्लो समय कुमरोज मध्यवर्ती सामुदायिक वनले समुदायमा आधारित पर्यापर्यटनको गतिविधि सञ्चालन गर्दै आएको र पर्यटकलाई आर्कषण गर्न हात्ती सफारी, जिप सफारी, सीमान्तकृत दराई बोटे समुदायको प्रवर्द्धन गर्नेगरी दराई बोटे तालमा डुङ्गा सफारी र सोही तालमा माछापालन गरी आयआर्जनमा सहयोग गरिएको वनका अध्यक्ष राजु सिलवालले जानकारी दिए ।

कुमरोज मध्यवर्ती सामुदायिक वनलाई अहिलेको अवस्थामा ल्याउन गरेको सङ्घर्ष सुनाउँदै उनले भने, ‘वनले जिप, हात्ती, डुङ्गा सफारी, पर्यटक प्रवेश शुल्क, मचान शुल्क, कफी सपजस्ता गतिविधिमार्फत गत आर्थिक वर्षमा चार करोड ५६ लाख आम्दानी गर्न सफल भएको छ ।’ आगामी आर्थिक वर्षमा सात करोड आम्दानी गर्ने लक्ष्य रहेको उनले सुनाए ।

उनले वनको आम्दानीबाट वन संरक्षण, सामाजिक विकास, पर्यटन व्यवस्थापन, मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण, विद्यालय, मठ–मन्दिर, बाटो, सुत्केरीलाई अनुदान, किसानलाई दूधमा अनुदानलगायत जनचेतना कार्यक्रमहरुमा योगदान गर्दै आएको बताए । उनले सबैको साथ र समन्वयबाट वनले अझै धेरै समुदायलक्षित कार्यक्रम गर्न लागेको जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले कुमरोज मध्यवर्ती सामुदायिक वनको गुणात्मक प्रवर्द्धन गर्न आवश्यक रहेको बताउँदै स्थानीय सरकारसँग आवश्यक समन्वय गरी मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ‘रोल मोडल’का रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

समुदायमा आधारित पर्यापर्यटनमा अग्रणी भूमिका निर्वाह गरेकोमा वन समूहप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा प्रविधिको प्रयोग गरी अनलाइन टिकट र जिपिएस प्रणालीबाट अनुगमन गर्नेगरी चालकका कमिकमजोरी नदोहोरिने गरी काम गर्नसमेत वर्तमान कार्यसमितिसँग आग्रह गरे । मध्यवर्ती क्षेत्रको नीतिगतरुपमा समस्या समाधान गर्नुपर्ने अवस्था रहेको बताउँदै डा. पन्तले कुमरोजको संरक्षण र विकासका लागि समन्वय र सहजकर्ताको भूमिकाको लागि निकुञ्ज प्रशासन सधैँ तयार रहेको उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले कुमरोज मध्यवर्ती सामुदायिक वनले संरक्षणसँगसँगै समुदायमा आधारित पर्यापर्यटनमा गरेको योगदान उदाहरणीय रहेको र पर्यटकलाई आकर्षण गर्ने खालका गतिविधि थप गर्न आग्रह गरे । उनले पर्यटनमैत्री सवारीसाधनलाई प्राथमिकता दिँदै आलोपालो प्रणालीबाट जिप सफारी गराउन सके अझै प्रभावकारी हुनेमा जोड दिए ।

कार्यक्रममा खैरहनी–१३ का वडाध्यक्ष कुलप्रसाद भुसालले सौराहाको पर्यटन व्यवसाय अहिले सङ्कटमा रहेको उल्लेख गर्दै साँघुरो मन नगरी सौराहाको संरक्षण र प्रवर्द्धनका लागि कुमरोजसँग सहकार्य गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘सौराहाको पर्यटनलाई उकास्न र यो क्षेत्रको पहिचान कायम राख्न कमरोज, कंकाली वनलगायत पर्यटकीय सम्भावना भएका क्षेत्रहरुसँग हातेमालो गरेर बृहत् रूपमा अगाडि बढ्नुपर्छ ।’ कुमरोज र सौराहाको सहकार्यबाट पर्यटकको संख्या वृद्धि गरी स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सबै सरोकारवालाले फराकिलो मन बनाएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।

यस्तै, खैरहनी–१२ का वडाध्यक्ष केदारनाथ पन्तले पर्यटन प्रवद्र्धनका सवालमा सिंगो चितवनले लाभ लिनेगरी सरसफाइ, सुरक्षा, संरक्षण र पर्यापर्यटनमा एकजुट हुनुपर्नेमा जोड दिए । पर्यटनको प्रवर्द्धनका लागि पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने भएकाले प्रचारप्रसारमा सकारात्मक सञ्चार हुनेगरी भूमिका खेल्न उनले आग्रह गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका कार्यसमिति, वन समूह तथा संरक्षणकर्मीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा खैरहनी–१२, घोग्रेलास्थित दराई सामुदायिक होमस्टेको अवलोकन गराइएको थियो । सो होमस्टेका लागि स्थानीय वडा कार्यालय र वनले सहयोग र संरक्षण गर्दै आएको छ ।

बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.