• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

एनआरएनए अमेरिकाका दुई कमिटिबीच एकताको सहमति

  •   आइतबार, असार ०८, २०८२ मा प्रकाशित

बाल्टिमोर । गैर आवासीय नेपाली संघ अमेरिका र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाबीच एकता हुने भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका टेनेसीमा दर्ता भएको गैर आवासीय नेपाली संघ स्थापनाकालदेखि नै सञ्चालनमा छ । गैरआवासीय नेपाली संघ अमेरिका २०२३ देखि सञ्चालनमा छ । यी दुवै संस्थालाई एक गराउने तयारी अन्तिम चरणमा छ । अमेरिका पुगेका गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी ) का नवनिर्वाचित अध्यक्ष महेश कुमार श्रेष्ठको पहलमा एकता गराउन खोजिएको हो । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी ) का उपाध्यक्ष एवं एनसिसि अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले एकताले गैर आवासिय नेपालीमा सदभाव र भाईचाराको सम्बन्ध प्रगाढ हुने बताए । उनले सहमति गर्ने दुवै अध्यक्षलाई धन्यवाद दिए । सहमतिको लागि सुवेदीले सुरुवातमै प्रस्ताव गरेका थिए ।

Advertisement

एकताको लागि दुई संस्थाका अध्यक्षहरू डाक्टर अर्जुन बन्जाडे र सूर्य लम्सालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमति अनुसार डा. अर्जुन बन्जाडेले नेतृत्व गरेको एनआरएनए एनसीसी अमेरिकाले संघका केन्द्रीय अध्यक्ष श्रेष्ठको स्वागत गर्न न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा सूर्य लम्साल पुगेका थिए । त्यस्तै सूर्य लम्साल नेतृत्वको एनआरएनए अमेरिकाले सङ्घका अध्यक्ष महेश श्रेष्ठलाई स्वागत गर्न शनिबार न्यूयोर्कमा हुन गइरहेको कार्यक्रममा पनि डाक्टर अर्जुन बन्जाडे पुगेका थिए । शुक्रबार बाल्टिमोरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष श्रेष्ठले एनआरएनए विवादका कारण संस्थाप्रति नै नकारात्मक धारणा बनेको बताए । उनले काठमाडौँमा गत महिना सम्पन्न एकता महाधिवेशनको मर्म बमोजिम संस्थालाई एकजुट बनाउन आफुले सक्दो पहल गरिरहेको पनि जनाए।

२०२२ मार्चमा काठमाडौँमा छुट्टाछुट्टै एनआरएनएका दशौँ महाधिवेशन आयोजना गरिए पछि अमेरिकामा पनि एनआरएनएका छुट्टाछुट्टै कमिटिहरु गठन भएका थिए। अमेरिकाका दुवै कमिटीहरुबीच एकता प्रक्रिया बढाउन भएको सहमतिले संसारभरि नै एउटा सकारात्मक संदेश गएको एनआरएन अभियन्ताहरुले बताएका छन् ।

आइतबार, असार ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.