• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
आइतबार, फागुन १७, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  •   शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित

फाल्गुन १, २०८२ चितवन ।    शैक्षिक गुणस्तरमा ख्याती कमाएको चितवनको पुरानो विद्यालय आदिकवि भानुभक्त माध्यमिक विद्यालयले स्थापना दिवस मनाएको छ । शैक्षिक प्रगतीमा उत्कृष्ट मानिएको भानु माविले विविध कार्यक्रम गरि ५७ औं वार्षिकोत्सब मनाएको हो । विगत देखि वर्तमानसम्मको अवस्थाको समिक्षा गर्दै शैक्षिक सफलता हासिल गरेको चर्चा गरिएको थियो । भरतपुर १ नारायणघाटमा रहेको विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईमा उल्लेख्य सफलता हासिल गरेको चर्चा गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता गरेका  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष महेन्द्र थापामगरले विद्यार्थी संख्याको हिसाबले विद्यालय महानगरको दोस्रो ठूलो रहेको भन्दै शैक्षिक अवस्था पनि राम्रो रहेको बताए । शैक्षिक गुणस्तरमा ख्याती कमाएको भन्दै बिद्यालयले शैक्षिक प्रगतीमा उत्कृष्ट मानिएको बताए । विगत देखि वर्तमानसम्मको अवस्थाको समिक्षा गर्दै शैक्षिक सफलता हासिल गरेको चर्चा गरिएको थियो । भरतपुर १ नारायणघाटमा रहेको उक्त विद्यालयले माध्यमिक शिक्षा परीक्षा एसईईमा उल्लेख्य सफलता हासिल गरेको चर्चा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशव महर्जनले सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न र भौतिक पूर्वाधारलाई प्राथमिकता दिन अभिभाबकको चासो पनि उत्तिकै अपरिहार्य रहेको बताए ।

Advertisement

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक रामजीप्रसाद अधिकारीले एसईईको नतिजा अनुसार महानगरका सामुदायिक विद्यालय मध्यको उत्कृष्टमा रहेको भन्दै शैक्षिकस्तर थप सुधार गर्ने लक्ष्यसहित अगाडि बढेको बताए । विद्यालयले स्थापना दिवसमा विविध कार्यक्रम  आयोजना गरिएको  थियो । होटल व्यवस्थापन संकायका विद्यार्थीहरूले विद्यालयमा फुड स्टलको आयोजना गरेका थिए । विद्यालय नर्सको संयोजकत्वमा स्वास्थ्य शिविरमा अभिभावकहरूले स्वास्थ्य परिक्षण गराएका थिए । रक्तचाप तथा मधुमेहको परीक्षण गरेका थिए ।

शिक्षक प्रतिनिधि दिपेश रायले स्वागत मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक डम्बरबहादुर शाहीले संचालन गरेका उक्त कार्यक्रममा  देवघाट विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेल , विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, सल्लाहकार समितिका पूर्व संयोजक शैलेन्द्र पिया , चन्दादाता रमेश श्रेष्ठ , सल्लाहकार सुरेश अधिकारी,बद्रीप्रसाद अधिकारी, रमाकान्त सापकोटा , डिबी परियार , शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद न्यौपाने  लगाएतले बोलेका थिए ।

 

शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.