• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चुनावका लागि दुई करोड मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी

  •   बिहिबार, चैत १०, २०७८ मा प्रकाशित

काठमाडौं, चैत १०
निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि दुई करोड मतपत्र छाप्ने भएको छ। बिहीबार पत्रकार सम्मेलनमार्फत् निर्वाचन आयोगका उपसचिव तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले चुनावका लागि दुई करोड मतपत्र छाप्ने बताएका हुन्।

Advertisement

उनका अनुसार अहिलेसम्म मतदाता नामवलीको संख्या एक करोड ७७ लाखको हाराहारीमा छ। त्यसको अन्तिम नामवलीको प्रशासन चैत १३ गते हुने आयोगले जनाएको छ। त्यसो हुँदा नामवलीको १० देखि १५ प्रतिशत बढी मतपत्र छाप्नुपर्ने उनले बताए।

‘अन्तिम मतदाता नामवलीमा कायम हुने संख्या एक करोड ७७ लाख होला। आयोगले अन्तिम नामवली चैत १३ गते प्रकाशित गर्छ। विभिन्न कारण तथा जोखिमलाई मध्यनजरमा राखेर अलि बढी अर्थात् दुई करोडको हाराहारीमा छाप्नुपर्छ,’ उनले भने। आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने आयोगले जनकशिक्षा सामग्री केन्द्रसँग कुराकानी अघि बढाएको उनले बताए।

‘आयोगले मतपत्र छपाइको लागि जनकशिक्षासँग कुरा अघि बढाएको छ,’ उनले भने, ‘त्यो छापा संस्थासँग भएन भने अरूसँग पनि कुरा अघि बढाउनुपर्ने हुनसक्छ।’ तर अहिले खर्च कति लाग्ने भन्ने निर्धारण भइनसकेको उनले बताए।

यस्तै, आयोगले गत सोमबार गरेको निर्णयअनुसार निर्वाचनका लागि आयोगमा दर्ता भएका दलहरूमध्ये राष्ट्रिय मान्यता प्राप्त बाहेकका ७३ राजनीतिक दलहरूलाई जिल्लास्तरको संगठन संरचना पेस गर्न निर्देशन दिएको थियो। निर्देशनबमोजिम जिल्ला समितिको विवरण आयोग र निर्वाचन आइतबार पेस भएको थियो। त्यसमा प्राप्त विवरणको रूजु तथा भिडान गर्ने काम भइरहेको उनले बताए।

बुधबारदेखि देशभर निर्वाचन आचारसंहिता कार्यान्वयनका सम्बन्धमा सरोकारवालाहरूसँग अन्तर्क्रियात्मक कार्यक्रम सुरू भएको आयोगले जनाएको छ। केन्द्रमा एक र बाँकी अरूमा १४ गरी १५ ठाउँमा यो काम सुरू भइसकेको छ।

 

बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.