भरतपुर, ११ जेठ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सरकारी स्वास्थ्य संस्था वा अस्पतालमा जन्मिएका छोरीहरूको जीवन वीमा गरिदिने निर्णय गरेकी छन् ।
महानगरपालिकाको प्रमुख पदको दोस्रो पटक कार्यभार सुरु गर्ने क्रममा दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरूले १५ वर्षपछि वीमा भुक्तान गर्न पाउने गरी एक लाख रुपैयाँ बराबरको जीवन वीमा गर्ने निर्णय गरेकी हुन् ।
त्यसैगरी दाहालले महानगरपालिकावासीका लागि प्रति परिवार सात हजार लिटरसम्मको खानेपानीको नि:शुल्क व्यवस्था गरिदिने निर्णय समेत गरेकी छन् । ७ हजार लिटर पानी भनेको ७ युनिट हुन आउँछ । हाल १० युनिट खानेपानी खपत गरेबापत ग्राहकले न्यूनतम महशुल १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । दाहालको निर्णय लागू भएमा महानगरपालिकाले हरेक महिना प्रति घरधुरी ७ युनिटका दरले उपभोक्ताहरूलाई नि: शुल्क खानेपानी उपलब्ध गराउने छ ।