• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

विश्वकप क्रिकेट लिग २ का लागि नेपाली राष्ट्रिय टोली अभ्यासमा व्यस्त

"तयारी स्वरूप राष्ट्रिय टोलीको एनआरएनए युएसए कपमा सहभागिता "
  •   शनिबार, जेठ २१, २०७९ मा प्रकाशित

टेक्सस (अमेरिका), २१ जेठ ।

Advertisement

आइसीसी विश्वकप क्रिकेट लिग २ मा सहभागिताका लागि गत आइतबार अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहर आईपुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप क्रिकेट लिगको खेलहरूमा सहभागिता जनाउनु अघि तयारी स्वरूप एनआरएनए एनसिसी युएसए कपमा सहभागिता जनाएको छ । लिगका लागि तयारीमा व्यस्त रहेको टोलीले अमेरिकामा सञ्चालन हुने विश्वकप क्रिकेट लिग २ को खेलअघि नेपाली अल स्टार क्लब र ह्युष्टन हुरिकेन क्लबसँग खेल्ने पूर्व निर्धारित कार्यतालिका अनुसार गत बिहीबार नेपाली अल स्टार क्लबसँग प्रतिस्पर्धा गरेको छ । अर्को खेल शनिबार हुँदैछ ।

क्रिकेट खेलमा उत्कृष्ट देशहरूको सूचीमा पर्ने विभिन्न देशहरूबाट अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाइसकेका खेलाडीहरू सम्मिलित नेपाली अल स्टारसँग नेपाली राष्ट्रिय टोलीले खेलेको बिहीबारको खेलमा भने जित आत्मसात गर्न सकेन । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएपनि नेपाली राष्ट्रिय टोली नेपाली अल स्टार्ससाग ४ विकेटले पराजित भयो । नेपालले दिएको १९२ रनको विजयी लक्ष्य नेपाली अल स्टार्सले ३३.५ ओभरमा ६ विकेट गुमाएर प्राप्त गरेको थियो । आइपिएलमा समेत सहभागिता जनाइसकेका विपुल शर्माले उसका लागि ५० रनको योगदान गरेका थिए ।

विजयी टिमका लागि गौरभ बजाजले ५८ बलमा २ चौकासहित ४० रनको अविजित पारी खेले । पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाली राष्ट्रिय टोलीले ४५.५ ओभरमा १९० रन बनाई अल आउट भएको थियो । नेपालका लागि आरिफ शेखले ६० रनको अविजित पारी खेलेका थिए ।

दुवै टोलीलाई गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी, उपाध्यक्ष तथा एनआरएनए अमेरिकाका युवा तथा खेलकूद विभाग प्रमुख सुमन थापा, नेपलिज एशोसिएशन अफ ह्युष्टनका अध्यक्ष विष्णु नेपाल, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुवुदु दासानायके लगायतले ट्रफी प्रदान गरेको थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट रिटायर भइसकेका कनिष्क चौगाई, वरदान चालिसे, विनोद दास र वसन्त रेग्मीले नेपाली अल स्टार्सबाट नेपाल विरुद्ध खेल पस्किएका थिए । उनीहरूलाई खेल समापन भएपछि सोही कार्यक्रमबीच सम्मान गरिएको थियो ।

नेपाली राष्ट्रिय टोलीलाई तयारीका लागि सहज होस् भन्ने उद्देश्यले अल स्टारले आफ्ना नियमित सदस्यहरूसहित विभिन्न देशबाट अन्तराष्ट्रिय खेलमा सहभागी भइसकेका खेलाडीहरू समेटेर टोली तयार गरेको क्लबका सदस्य वरदान चालिसेले बताए ।

लिग २ अन्तर्गतको खेलमा ओमान विरुद्व उत्रनुभन्दा दश दिन अघि नेपाली राष्ट्रिय टोली अमेरिका आएर प्रशिक्षण थालेको हो । पहिलो पटक अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीलाई आइसिसीले तोकेको समय भन्दा पहिलानै यहाँ ल्याई प्रशिक्षणको प्रबन्धका लागि अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली अल स्टारले पहलकदमी लिएको हो । यस कार्यमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्ले महत्त्वपूर्ण योगदान गरेको क्लबका सदस्य सञ्जय शर्माले जानकारी दिनुभयो ।

नेपालको छवि अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्ने खेलाडीहरूलाई स्वागत गर्न पाउनुलाई आफूहरूले सकारात्मक रूपमा लिएको क्लबका अर्का सदस्य आशिक लामाले बताए ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका सचिव अनुप खनालले सहयोगी सबैको साथ र सहयोगले एनआरएनए अमेरिकामा यस कार्यमा जोडिएर यसलाई सफल पार्ने दिशामा अघि बढेको बताए ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले यस कार्यलाई विशेष महत्त्व दिएको बताउँदै उपाध्यक्ष सुमन थापाले जतिसक्दो बढी सहयोग सङ्कलन गरी राष्ट्रका हिरोहरूलाई सहयोग गर्ने संघको चाहना रहेको जानकारी दिए ।

संघका अध्यक्ष बुद्धिसागर सुवेदीले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने खेलाडीहरूलाई संघले स्वागत गर्न पाउनु र उहाँहरूसँगको सहकार्यलाई विशेष रूपमा लिएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यमा संघ सदैव तत्पर रहने बताए ।

नेपालले यहाँ रहँदा अमेरिकासँग दुई र ओमानसँग दुई खेल खेल्नेछ । नेपालको पहिलो खेल जुन ९ मा ओमान विरुद्ध हुनेछ । त्यसैगरी जुन ११ मा अमेरिका, जुन १४ मा ओमान र जुन १५ मा फेरि अमेरिकासँग नेपालले खेल्ने तालिका रहेको छ ।

लिग २ अन्तर्गत अंक तालिकामा ३२ खेल खेलेको ओमानले १९ खेलमा जित निकाल्दै ४० अंक बटुलेको छ । ऊ अंकतालिकाको शीर्ष स्थानमा छ । यसैगरी स्कटल्याण्डले १६ खेलमा ११ जित निकाल्दै २४ अंक ल्याएको छ । ऊ दोस्रो स्थानमा रहेको छ । यस्तै, युएईले १८ खेल खेल्दा १० मा जित निकालेको छ । ऊ २२ अंकका साथ तेस्रो स्थानमा छ । चौथो स्थानको नामिबियाको १४ अंक छ भने पाँचौँ स्थानको अमेरिकाले पनि १४ अंक जोडेको छ । नेपालले भने १२ खेल खेल्दा ६ मा मात्रै जित निकालेको छ । छैँटौँ स्थानको नेपालको १२ अंक छ भने पुछारको पपुवा न्यूगिनीले जम्मा २० खेलबाट जम्मा २ अंक पाएको छ ।

नेपालको टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल रहेका छन् ।

शनिबार, जेठ २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.