काठमाडौं ।
Advertisement
नेपाल सरकारको सचिव पदमा बढुवाका लागि सहसचिव विनोदप्रकाश सिंह को नाम सिफारीस गरेको छ । सचिव बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका सहसचिव विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको हो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले निजामती सेवा ऐनअनुसार ज्येष्ठताका आधारमा सिंहको नाम मात्र बढुवाका लागि सिफारिस गरेको समितिले जनाएको हो ।