चितवन ।
Advertisement
चितवनमा बिहीबार मान्छे खाएको बाघलाई नियन्त्रण गरिएको छ । पश्चिम चितवनको मेघौलीमा रहेको राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बाघलाई साँझ साढे ६ बजे डार्ट गरिएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।
उक्त बाघलाई कसरा लगिने उनले बताए । त्यस बाघले आज बिहान एक महिलालाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतको मृत्यु भएको थियो।
बाघ नियनत्रणको लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी हात्ती चढेर गएका थिए ।