• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

मन्त्री आलेविरुद्ध पर्‍यो उजुरी

  •   आइतबार, असार ०५, २०७९ मा प्रकाशित

भरतपुर ।

Advertisement

पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री प्रेम आलेविरुद्ध आचरण अनुगमन समितिको कार्यालयमा उजुरी परेको छ । मन्त्री आलेले सांसद पदको आचारसंहिता विपरीतको कार्य गरेको भन्दै छानबिन गर्न अनुरोध गरिएको छ ।

मन्त्री आलेले नेपाल वायुसेवा निगमका अध्यक्षलाई अश्लील गाली गरेको अडियो रेकर्ड शुक्रबार बाहिरिएको थियो ।

मन्त्री आलेले नियम विपरीत हुने गरी आफ्नै कार्यकक्षमा अपशब्द प्रयोग गरेको भन्दै आपत्ति जनाउँदै उजुरी दिइएको हो । देशको जनप्रतिनिधिमूलुक संस्थाले आधुनिक युगका आवश्यकता अनुसार भाषिक क्रियाकलाप गर्न भाषालाई सक्षम बनाउँदै लैजानु पर्ने उजुरीमा उल्लेख छ । उजुरी अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई एवम् कानून विषयकी विद्यार्थी रेजिना पौड्यालले दिएका हुन् ।

“माननीय सांसद प्रेम आलेज्यूले प्रयोग गर्नुभएका शब्द कदापि समाजमा बोल्न र सुन्न योग्य होइनन् । के नेपालले यस्तै जनप्रतिनिधिबाट भाषा स्थापित गर्न खोजेको हो ?”,उजुरी पत्रमा भनिएको छ, “यसले नेपालको भाषा र संस्कृतिमाथि ठूलो चोट मात्रै पुर्‍याएको छैन, सामाजिक सुव्यवस्था तथा मर्यादामाथि साधिकार व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ। यसले गर्दा जनप्रतिनिधिहरूको सामाजिक तथा सांस्कृतिक मूल्य, मान्यता र जिम्मेवारीबाट समेत विमुख भएको महसुस भएको छ ।”

सँगसँगै सार्वजनिक भएका दुई अडियो रेकर्डमध्ये टेलिफोन कुराकानीको आवाज मन्त्री आलेले आफ्नो भएको स्वीकारेका छन् । अर्को रेकर्डका बारेमा भने हालसम्म उनको सचिवालयबाट कुनै प्रतिक्रिया आएको छैन ।

“यी र यस्तै गतिविधिका कारण आमजनताबीच जनप्रतिनिधिमूलक संस्थाप्रतिको विश्वासमा संशय पैदा हुनु स्वभाविकै हो । यद्यपि यस्तै घटना दोहोरिरहने र आचारसंहिता विपरीतका कार्य गर्ने माननीयलाई सम्मान गर्दै जाने हो भने आम राजनीतिक दलहरूप्रतिको वितृष्णा अझै बढ्न सक्ने भएकाले यस समिति समक्ष माननीय सांसद आलेज्यूको यो अडियोको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं”, उजुरी पत्रमा भनिएको छ ।

 

आइतबार, असार ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.