• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड रुपैयाँ

  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित

भरतपुर ।

Advertisement

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । त्यसमा आन्तरिक आय १ अर्ब ५० करोड रुपैयाँ रहने छ । त्यस्तै विकास निर्माणका लागि जनसहभागितामार्फत ३६ करोड रुपैयाँ जुटाइने बजेट वक्तव्यमा भनिएको छ ।

शुक्रबारबाट सुरू भएको महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभामा नगर प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीले बजेट पेस गरेका हुन् ।

चालू आर्थिक वर्षमा महानगरको बजेट ५ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । त्यसमा आन्तरिक आय ९७ करोड रुपैयाँ छ । नगर प्रमुख दाहालले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदान आउँदो आर्थिक वर्षमा १ रुपैयाँबाट बढाएर प्रतिलिटर ३ रुपैयाँ पुर्‍याउने घोषणा गरिन् ।

कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । अबदेखि फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिने पनि मेयर दाहालले बताइन् । दाहालले एकीकृत शहरी विकास गुरुयोजनासमेत बनाइने बताएकी छिन् ।

महानगरमा तत्काल विभिन्न तीन वटा रुटमा विद्युतीय बस चलाउनेसँगै भरतपुर-देवघाटधाममा जेष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले बताइन् । भरतपुरको केन्द्रीय बसपार्कमा चार्जिङ स्टेसन बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, वि.सं. २०८० साललाई “भ्रमण वर्ष घोषणा” गरेर पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको दाहालले बताइन् ।

 

शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.