• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

नवनियुक्त मन्त्रीले सपथ लिए

  •   सोमबार, असार १३, २०७९ मा प्रकाशित

काठमाडौं : एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नव नियुक्त चार मन्त्रीलाई सपथ सपथ खुवाएकी हुन्।

Advertisement

एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीलाई भण्डारीले सपथ खुवाएकी हुन्। खापुङ यसअघि राज्यमन्त्री थिए।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसी रहेका छन्।  शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् ।

एकीकृत समाजवादीका मन्त्री ठूलो लफडापछि आइतबार फेरिएका हुन्। पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि मन्त्रीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसम्म गुहारेका थिए। बजेटलाई कारण देखाउँदै समाजवादीको निर्णय कार्यान्वयन धकेलिँदै आएको थियो।

एकीकृत समाजवादीको सिफारिसबमोजिम प्रधानमन्त्री देउवाले आइतबार मन्त्री हेरफेरको सूची राष्ट्रपति भण्डारीसमक्ष पठाएका थिए। त्यसपछि चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका हुन्।

यसअघि उक्त पार्टीबाट प्रेमबहादुर आले संस्कृतिमन्त्री, रामकुमार झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री र विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए। उनीहरू सरकारबाट बाहिरिएका छन्।

केही मन्त्री र सांसदले फिर्ता बोलाउने विषयमा असहमति जनाएर असार ९ गते अध्यक्ष माधवकुमार नेपाललाई पत्रसमेत पठाएका थिए। त्यसमा हस्ताक्षर गरेका ६ सांसद शनिबार पछि हटेका थिए। शनिबार बसेको केन्द्रीय समिति बैठकले अब देउवा र प्रभण्डलाई नपर्खिने, ढिलाइ गरे अपमानका रूपमा लिने चेतावनी दिएको थियो।

सोमबार, असार १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.