• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बिहिबार, असोज ०९, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

गायिका दिलमाया विक मृत्यु प्रकरण : घटनाको राति के के भयो?

  •   सोमबार, असार १३, २०७९ मा प्रकाशित

काठमाडौं : भित्तामा केही थान प्रमाणपत्र झुण्डाइएका छन्। खुट्टे खाटमा रातो रंगको वेडसिट ओछ्याइएको छ। कार्पेट बिनाको भुइँमा सिमेन्टको चिसोले ओसिएको देखिन्छ। सानो गलैंचा पनि कोठामा ओछ्याइएको छ। खाटको छेउमै छ काले रंगको प्लाष्टिकको पानी राख्ने भाडो। कालो टाउजर र हल्का गुलाबी रंगको टिसर्ट लगाएकी दिलमाया विकको मृत शरीर खाटमा पल्टिएको छ। केही दिनअगाडि सम्म रमाइला दोहोरी गीत गाउने लोक दोहोरी गायिका दिलमाया बिक अब यो संसारमा छैनन्। आइतबार विहान उनी आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

Advertisement

आइतबार नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी विकको हत्या भएको आशंका गरिएको छ। जिल्ला अपराध अनुसन्धान कार्यालय काठमाडौंका प्रवक्ता कृष्ण कोइरालाकाअनुसार गायिकाको मृत्यु शंकास्पद रहेको छ। प्रारम्भिक अनुसन्धानमा उनको हत्या भएको हुनसक्ने केही प्रमाणहरु फेला परेका छन्।

कोइरालाकाअनुसार गायिकाले मध्यरातमा सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्। घटनामा संग्लन भएको आरोपमा सिन्धुपाल्चोक साँगाचोकगढीका सूर्य भन्ने खिलबहादुर श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठ र दिलमायाबीच निकट सम्बन्ध रहेको खुलेको छ। उनको शवलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको छ। आफन्तहरु सुर्खेतबाट आइनसकेकाले पोष्टमार्टम हुन सकेको छैन। पोष्टमार्टम रिपोर्ट आइसकेपछि मात्रै घटनाको बारेमा थप जानकारी हुने कोइरालाले जानकारी दिए।

घटनाको अनुसन्धानमा रहेका प्रहरीकाअनुसार प्रक्राउ परेका सूर्य श्रेष्ठले आफूले दिलमायाको हत्या नगरेको बताएका छन्। गायिका दिलमायाका एक छोरा छन्। श्रीमानसँग सम्बन्ध विच्छेद गरी उनी नेपालटारमा डेरामा बस्ने गर्थिन्।

श्रेष्ठ र गायिका दिलमायाबीच पछिल्लो केही समयदेखि निकट सम्बन्ध रहेको जानकारी प्रहरीले पाएको छ। प्रारम्भिक अनुसन्धानमा घरबेटी र साथीसँग गायिकाले श्रेष्ठसँग विहे गरेको बताउने गरेको खुलेको छ।

मृत्यु प्रकरणमा जोडिएका श्रेष्ठले सुनचाँदी व्यवसाय गर्छन्। उनी गएराति विककै कोठामा बसेका थिए। प्रहरीको बयानमा श्रेष्ठले गएराति दिलमायाको कोठामा बसेको र सँगै बसेर लोकल रक्सी पिएको बताएका छन्। बयानमा उनले भनेका छन्, ‘रातिसम्म बसेर रक्सी पिएका हौं। रक्सी लागेपछि त्यही कोठामा सुतेका हौं। विहान म ब्युँझदा उनी कोठामा झुण्डिरहेको देखे। झुण्डिएको देखेपछि हतार हतार सल खोलेको थिए। त्यतिवेलासम्म उनको शरीर चिसो भैसकेको थियो।

बयानमा उनले दिलमाया मरिसकेपछि आफूलाई निकै डर लागेको र मृत शरीर त्यही छाडेर भागेको बताएका छन्। झुण्डिदा प्रयोग गरिएको भनिएको सल चक्रपथको सडकको नालीमा लगेर फालेको पनि उनले बताएका छन्। यसका साथै उनले दिलमायाले पहिलेदेखि नै आत्महत्याको कुरा गरिरहने भन्दै प्रहरीलाई बताएका छन्।

लाइभ दोहोरीका कारण चर्चामा आएकी दिलमाया विकले आफूलाई माया गर्ने कोही नभएको, जीवनदेखि हार खाएको  र बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा लामो स्टाटस लेखेकी थिइन्। मृतक विकको मोबाइल अहिलेसम्म नभेटिएको प्रहरीले जानकारी दिएको छ। सामाजिक सञ्जालमा लेखिएको स्टाटस र घटनास्थलमा भेटिएको सुसाइड नोट पनि गायिका आफैले लेखेको हो हैन अनुसन्धान भैरहेको एसपी कोइरालाले बताए। उनी भन्छन्, ‘गायिका विकको घाँटीमा निलो दाग भेटिएको छ। उनको शरीरमा कुनै चोट भने देखिएको छैन।’

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले पनि दिलमायाको हत्या भएको हुनसक्ने आशंका व्यक्त गरे। उनी भन्छन्, ‘पक्राउ परेका व्यक्ति राति जानु, विहान फर्कनुलगायतका अनेक क्रियाकलापले पनि आंशका गर्ने ठाउँ रहेको छ। पोष्टमार्टम रिपोर्टपछि थप जानकारी प्राप्त हुन्छ। घटनाको विषयमा प्रहरी बृत बालाजुले थप अनुसन्धान गरिरहेको छ।’

अन्नपूर्ण पोष्ट् दैनिकका लागी अजवी पौड्याल द्वारा लिखित समाचार

सोमबार, असार १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.