• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

ड्यूटीबाट फर्किएका चिकित्सकलाई कुट्ने पाँच ट्राफिक प्रहरी कारबाहीमा

  •   मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित

काठमाडौं – ड्युटीबाट फर्कदै गरेका चिकित्सकलाई कुटेको आरोपमा पाँचजना ट्राफिक कारवाहीमा परेका छन् । ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङ कुटेको आरोपमा उनीहरु कारवाहीमा परेका हुन् । प्रारम्भिक जाँचबुझमा पनि कुटेको देखिएको प्रहरीले बताएको छ । पहिला ट्राफिक प्रहरी जवान राजेन्द्र थापामाथी चिकित्सक कुटेको आरोप छ । बाँकीले छुटाउन पर्नेमा केही नगरेको भन्दै प्रहरीले पाँचै जनालाई बग्गीखाना फिर्ता पठाएको छ ।
डा. घिसिङ राति पौने ९ बजे ड्युटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किदै थिए । एकान्तकुनस्थित चेक पोइन्ट नजिकै विवाद भएको थियो । ‘राम्ररी हिँड्न सक्दैनस् भन्दै प्रहरीले मलाई कुट्यो, मैले केही गरेको थिइनँ’ घिसिङले भनेका छन् । प्रहरीका अनुसार यो घटना एकान्तकुनामा रहेको ट्राफिक चेक पोइन्टमा ट्राफिक प्रहरी जवान हिँडिरहेका बेला घटना भएको थियो । डा. घिसिङका तर्फबाट उनकी दिदीले घटनाबारे छानबिन र कारबाहीका लागि माग गर्दै प्रहरीमा निवेदन पनि दिएकी छन् ।
प्रहरी जवान थापाले चाहिं डाक्टरले ‘कुम ठोक्काउँदै हिंडेपछि विवाद भएको र भिडियो खिच्न थालेपछि प्रतिवाद’ गरेको बताएका छन् । उनले दाबी गरेका छन्, ‘मोबाइल खोस्दा नाकमा लागेको मात्रै हो ।’
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार पीडित चिकित्सकले कानून बमोजिम जाहेरी दिए जवान थापामाथि थप कारबाही पनि हुनसक्छ । नभए पनि विभागीय छानबिन र कारबाही हुने शाहले बताए ।
यसैबीच, नेपाल चिकित्सक संघले पनि विज्ञप्ति जारी गरेर डाक्टरमाथि कुटपिट भएको घटनाबारे गम्भिरतापूर्वक छानबिन गरेर दोषी प्रहरीलाई कारबाही गर्न माग गरेको छ ।
‘सुरक्षाकर्मीबाट नै स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक माथि यस्ता प्रकारका अस्वाभाविक र गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भिर प्रश्न खडा गरेको छ’ संघका महासचिव डा. बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाको प्रत्याभूतिका लागि समर्पित हुने व्यक्तिले असुरक्षित वातावरण निर्माण गर्नु अत्यन्तै खेद जनक रहेको नेपाल चिकित्सक संघको ठहर छ ।

Advertisement

मङ्गलबार, असार १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.