काठमाडौं : निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन मिति सरकारलाई सिफारिस गरेको छ। आयोगको बैठकले आगामी मंसिर २ गते संघ र प्रदेशको निर्वाचन मिति सरकारलाई सिफारिस गरेको हो।
Advertisement
संघ र प्रदेशको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने तयारी आयोगको रहेको आयुक्त रामप्रसाद भण्डारीले अन्नपूर्णलाई जानकारी दिए। ‘हामीले निर्वाचनको मिति सरकारलाई सिफारिस गरेका छौं। निर्वाचन मिति घोषणा भएपछि आयोगले थप काम अगाडि बढाउँछ,’ उनले भने। आगामी निर्वाचनलाई लक्षित गरेर असार १ गतेदेखि मतदाता नामावली संकलन थालिएको छ।