काठमाडौं : विहान झण्डा हालेर संसद भवन छिरेका अर्थमन्त्रीले राजिनामा दिनेमा कसैले अनुमान गरेका थिएनन् । प्रहरीको स्कर्टिङ झण्डावाला गाडीमा संसद भवन छिरे । आर्थिक वर्ष २०७९÷०८० को बजेट निमार्णमा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा भित्राएको आरोप लागेका शर्माले संसदमा सम्बोधन गर्दै आरोपको खण्डन गरे । आफ्ना कुरा राखेपछि उनले राजिनामा घोषणा गरे । शर्मा चढेको बा २ झ ३७३३ नम्बरको गाडीमा रहेको राष्ट्रिय झण्डा खोलले छोपिएको थियो । संसद भवनबाट बाहिरीदा शर्माले झण्डाको खोल झिक्ने दिएनन् ।
Advertisement
त्यही गाडीमा उनी फर्किए । मन्त्रालयबाट झन्डा हल्लाउँदै संसद् भवन छिरेका शर्मा फर्कँदा झन्डा छोपेर त्यही गाडीमा बाहिरिए ।
राजिनामा घोषणा गरेपछि छानबिनका लागि सहयोग गर्न मार्गप्रशस्त गरेको संचारकर्मीलाई प्रतिक्रिया दिए ।