• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवनको कालिका एफएमले २०औँ वार्षिकोत्सवमा महिनाव्यापी कार्यक्रम गर्दै

  •   मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित

चितवन, भदौ २८ ।

Advertisement

चितवनको कालिका एफएमले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा महिनाव्यापी कार्यक्रम गर्ने भएको छ । एफएम परिसरमा मंगलबार आयोजित पत्रकार सम्मेलन गरी विगतका कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रम गर्ने जनाएको छ । स्थापनाकाल देखिनै कालिका एफएमले भव्य र उल्लासमय वातावरणमा वार्षिकोत्सवका कार्यक्रम गर्दै आइरहेको छ ।

महिनाव्यापी रूपमा आयोजित वार्षिक उत्वसवका कार्यक्रमहरूमा स्रोता लक्षित, समाजका प्रबुद्ध व्यक्तिहरुको सहभागिता रहने खालका कार्यक्रमहरु रहेका छन् । समाज र राष्ट्रको हितमा निरन्तर आफ्ना कार्यक्रम र सुचनाहरु प्रसारण गर्दै आई रहेको मिडिया आगामी दिनमा पनि कटिबद्ध भई लाग्ने कालिका एफ।एमका निर्देशक दिपक पौडेलले बताउनुभयो ।

विगतमा कालिका मिडियाले भाषा, कला, धर्म, सस्कृतिको क्षेत्रमा गरेका राष्ट्रिय स्तरका बृहत्त कार्यक्रमहरुले भिन्न पहिचान र अस्तित्व निमार्ण गरेको छ । सोको निरन्तरताका लागि यसपाली पनि सोही अनुरुपका कार्यक्रमहरुको आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो ।
यस वर्ष वार्षिकोत्सवका बेला दशैँ, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तथा प्रतिकुल मौसमका कारण चुस्त दुस्त बनाईएको छ ।

विगतमा हुँदै आएको म्युजिक अवार्ड केही महिना पछि गरिने बताईएको छ । वार्षिकोत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरी यसपटक ८ वटा कार्यक्रम तय गरिएको छ । यो वर्ष थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव कार्यक्रम नयाँ कार्यक्रमका रूपमा ल्याइएको छ ।
असोज १ गते देवघाटधाममा रहनुभएका जेष्ठ नागरिक सम्मान गरी वार्षिकोत्सवका कार्यक्रमको सुरुवात गरिने निर्देशक पौडेलले जानकारी दिनुभयोे । उहाँका अनुसार असोज ३ गते संविधान कार्यान्वयन तथा चुनौती विषयक अन्तरक्रिया, ४ गते थारु संस्कृति जगेर्नाका लागि यमोसा उत्सव, असोज १५ गते बृहत साहित्यिक जमघट कार्यक्रम, २२ गते अन्तर कर्मचारी डण्डिवियो प्रतियोगिता हुनेछ । त्यस्तै दशै बहारः कालिका उपहार कार्यक्रम असोज १० गतेदेखि सुरुभई २२ गतेसम्म सञ्चालन हुनेछ । असोज २६ गते सांगीतिक कार्यक्रम तथा बार्षिकोत्सव समापन समारोह हुनेछ ।

‘आवाजविहीनहरूको आवाज’ बनेर २०५९ सालमा चितवनबाट प्रशारण गर्दै आएको कालिका एफ।एमले मनोरञ्जनका लागि कालिका एफएम ९१ मेगाहर्जबाट २०६४देखि निरन्तर गीतसंगीत प्रशारण गर्दै आएको छ, भने एकता, शान्ति र संस्कारको संवाहकको नारा तय गर्दै विगत ९ वर्षदेखि टिभी कालिका एचडीको प्रसारण गर्दै आएको छ । पछिल्लो पटक समयको मागलाई मध्यनजर गर्दै कालिका न्युज डटकमको अनलाईन समेत सञ्चालनमा छ ।

२००० वाट क्षमताको ट्रान्समिटर र अत्याधुनिक उपकरणबाट प्रशारणमा रहेको कालिका एफ।एम। लाई रेडियो, इन्टरनेट, एप लगायतका माध्यमबाट सुन्न सकिन्छ । प्रविधिको विकाससँगै हाम्रो पात्रो, नेपाली पात्रो लगायतका रेडियो सुन्न मिल्ने विभिन्न एपबाट सहजै रुपमा विश्वका धेरै ठाउँबाट सुन्न सकिने व्यवस्था गरिएको छ । नेपाली सञ्चारमाध्यमहरुमा अनलाइनमा सर्वाधिक श्रोता रहेको रेडियोका रुपमा कालिका अग्रपंक्ति रहेको निर्देशक पौडेलले बताउनुभयो । नेपाली रेडियोहरुको इतिहासमै अनलाइनमा एकैसाथ एक लाख बढी श्रोताले सुन्ने एक मात्र रेडियोका रुपमा कालिका एफएम चिनिएको छ ।

मङ्गलबार, भदौ २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.