चितवन – २०७० को संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुवै पटक काँग्रेसका नेता राजेन्द्र बुर्लाकोटी पराजित भए । एमालेको पकड क्षेत्र मानिएको चितवन क्षेत्र नमबर १ मा उनको प्रतिष्पर्धी थिए , एमालेका सुरेन्द्र पाण्डे । पहिलो पटक चुनाव हारे लगत्तै बुर्लाकोटी जनताको काममा आफुलाई थप सक्रिय बनाए । पदिय जिम्मेवारी नहुँदा पनि आफुलाई जनताको सेवकको रुपमा सक्रिय बनाउदै । त्यसपछिको निर्वाचनमा एमाले र माओवादी केन्द्रको बीचको तालमेल भएपछि काँग्रेसबाट निर्वाचन लड्ने आँट कसैले गर्न सकेन । त्यसपछि बुर्लाकोटीलाइृ नै उमेदवार बने । दुइृ दल मिलेपछि उनको केही लागेन , पराजित भए । त्यसपछि पनि बुलर्दाकोटी राजनितिमा सक्रिय थिए । यसपटक पाँच दलिय गठबन्धन भएर उक्त निर्वाचन क्षेत्र काँग्रेसको भाग परेपछि पार्टीले उनलाई टिकट दिएन । राजनैतिक रुपमा तल्लो तहबार्ट लागेका बुर्लाकोटीलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजिनामा दिएर विश्व पौडेल उमेदवार बने ।
केन्द्रले गरेको निर्णयको विरोधामा बुर्लाकोटीले उमेदवारी दिएका छन । उनले बागी उमेदवारी दिएका छन् । आफु अन्यायमा परेको उनको गुनासो छ । ‘ पहिला कोही नउठ्दा मलाई टिकट दिइयो , यसपटक माहोल राम्रो भएको बेला मलाई अन्याय गरियो , ’ उनले भने , ‘ म जनताको घरदैलो गरेर राजनिति गरेको हुँ । जनताको सेवाकै लागी उमेदवारी रहन्छ । ’ दुई पटक निर्वाचन लड्दा उनले आर्थिक नोक्सानी बेहोर्न बाध्य ।गठबन्धनबाट निर्वाचन जित्ने बेला आफुलाई पाखा लगाइएको उनले बताए ।
बुर्लाकोटीलाई पार्टीले उमेदवार नबनाएकोमा काँग्ैसका केही नेता कार्यकर्तामा असन्तुष्टी पोखेका छन् । ‘ बाम एकता हुदा कोहि उमेदवार तयार नभएको बेला तातो भट्टिमा हाल्ने, आर्थिक सहयोग चाहिए राजेन्द्र खोज्ने अनि गठबन्धनको सहयोग हुनेबेला टिकट नपाउने ? के हो राजनिति हो ? ’काँग्रेसकी एक कार्यकर्ता रमा कंडेलले आफ्नो फेसबुकमा लेखेकी छन् ,‘ वास्तवमै अन्याय भएको छ । कोहि क्यारीयर बनाउदै गर्दा उहाँ हरेक गाउँ घरमा दिन दुखी खोज्दै हिड्नु भएको थियो । आफ्नो व्यवाियको प्रवाह नगरी आर्थिक सहयोग गर्दै पार्टिको आदेश पालना गरेर हिडेको कार्वाही हो यो ? ’