नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने बताएका छन्।
Advertisement
सोमबार साँझ ट्विट गर्दै उनले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गरिएको भन्दै आपत्ति समेत जनाए।
‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु,’ उनले भनेका छन्।
आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मतले एकल पठाउँदा पनि केन्द्रले अन्यायपूर्ण किसिमले हटाएको पनि बताएका छन्।