काठमाडौँ, २९ असोज ।
सत्तारुढ गठबन्धनले देशका सातै प्रदेशमा चुनावलक्षित संयुक्त भेला गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो ।
आगामी कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्नेछ । कात्तिक ४ गते नै बुटवलमा हुने अर्काे भेलाको समन्यवय नेपाली कांग्रेसले गर्नेछ । ५ गते विराटनगर र जनकपुरमा तथा ६ गते सुर्खेतमा हने भेलाको समन्वय गर्ने जिम्मा पनि कांग्रेसकै पोल्टामा परेको छ ।
६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले लिने भएको छ । यस्तै गठबन्धनको बैठकले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको ४ दलका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।