• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

शनशनीपूर्ण खेलमा जिम्बाब्वेले लगायो पाकिस्तानलाई पाखा

  •   बिहिबार, कार्तिक १०, २०७९ मा प्रकाशित

पर्थ, १० कात्तिक ।

Advertisement

आइसीसी टिट्वान्टी क्रिकेट विश्वकपमा जिम्बाब्वेले पाकिस्तानमाथि रोमाञ्चक जीत हात पारेको छ । सुपर १२ अन्तर्गत बिहीबार सम्पन्न खेलमा उसले पाकिस्तानलाई एक रनले हराएको हो । जिम्बाब्वेसँगको अप्रत्याशित हारपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कठिन मोडतर्फ लागेको छ ।

जिम्बाब्वेले दिएको १३१ रनको सामान्य लक्ष्य पछ्याउन उत्रिएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर जम्मा १२९ रन बनायो । पहिलो खेलमा भारतसँग खराब बलिङका कारण अन्तिम ओभरमा हार्न पुगेको पाकिस्तानले जिम्बाब्वे विरुद्ध कमजोर ब्याटिङ गर्‍यो । टिमको स्कोर १३ रन छँदा कप्तान बाबर आजमलाई गुमाएको पाकिस्तानले त्यसपछि पनि सम्हालिएको प्रदर्शन गर्न सकेन । उसले नियमित अन्तरालमा विकेट गुमाइरह्यो ।

२३ रनमा दोस्रो र ३६ रनमा तेस्रो विकेट गुमाएको पाकिस्तानले ८८ रनको स्कोर बनाउँदासम्म थप दुई विकेट गुमाइसकेको थियो । खेलको अन्तिम बलमा पाकिस्तानलाई जीतका लागि ३ रनको आवश्यकता थियो । उक्त बलमा पहिलो रन पूरा गरेका शहीन शाह अफरिदी दोस्रो रन लिने क्रममा आउट भए । पाकिस्तानका लागि सान मसुदले ४४ रनको पारी खेलेपनि त्यो लक्ष्य भेट्टाउन पर्याप्त रहन सकेन । जिम्बाब्वेका लागि प्लेयर अफ दि म्याच बनेका सिकन्दर राजाले ३ विकेट लिए । यस्तै ब्राड इभान्सले २ तथा ब्लेसिङ मुजराबानी र ल्युक जोन्वीले १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । उसका लागि सन विलियम्सले सर्वाधिक ३१ रनको पारी खेले । पाकिस्तानका मोहम्मद वसीमले चार विकेट लिँदा सदाब खानले ३ तथा हरिस रौफले १ विकेट चट्काए ।

जीतपछि जिम्बाब्वेले दुई अंक हात पारेको छ । जिम्बाब्वेले दक्षिण अफ्रिका विरुद्ध खेलेको पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवैले १-१ अंक बाँडेका थिए । जीतपछि जिम्बाब्वे सुपर १२ को समूह २ को अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

बिहिबार, कार्तिक १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.