भरतपुर, कात्तिक १७ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानमाथि गोली प्रहार भएको छ । उनीको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ ।
उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पीटीआई का नेता अजहर मस्वानीलाई उद्धृत गर्दै समाचार संस्था अलजजिराले लेखेको छ । घटनामा अर्का नेता फैजल जावेद खानसँगै अन्य छ जना समेत घाइते भएको बताइएको छ ।
खान केही समययता तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । गोली लागी घाइते भएका खानलाई उपचारका लागि अस्पताल पुर्याइएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् ।
खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् । उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।