भरतपुर, १५ मंसिर ।
Advertisement
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्री आफू भएको बताएका छन् । भरतपुरमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यसो भनेका हुन् । देशले नयाँ नेतृत्व खोजेको भन्दै उनले आफू प्रधानमन्त्रीको उम्मेदवार रहेको उल्लेख गरे । “पार्टीभित्र छलफल हुँदैछ । एक जनालाई चुन्ने हो । सहमतिको विन्दु मैले आफूलाई नै ठानेको छु”, उनले भने ।
पौडेलले पुसको पहिलो हप्ताभित्रै गठबन्धनको सरकार बन्ने पनि उल्लेख गरेका छन् ।