• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

अब बच्चाहरूको शल्यक्रिया बाल शल्यचिकित्सकबाटै

  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित

भरतपुर, २७ मंसिर ।

Advertisement

गएको साउन महिनामा दुई दिनको शिशुलाई उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल शिक्षण अस्पताल ल्याइयो । उक्त शिशुको नाइटो बनेको थिएन भने आन्द्रा नै बाहिर निस्किएको थियो । बच्चाको नाइटोमा मात्रै नभएर आन्द्रामा पनि समस्या थियो । नवजात शिशुको यस्तो जटिल स्वास्थ्य समस्या अस्पतालको उपचार बाल शल्यचिकित्सकको दलका कारण सम्भव बन्यो ।

ती शिशुको दुईवटा सफल शल्यक्रिया गरिए । उक्त शिशुलाई सफल शल्यक्रियापछि ४२ दिनमा डिस्चार्ज गराएको अनुभव अस्पतालकी बाल शल्यचिकित्सक डा. प्रकृति गिरी सुनाउँछिन् । सीएमसी शिक्षण अस्पतालमा पछिल्ला दिनयता शिशु तथा बालबालबालिकाको शल्यक्रिया शिशु शल्यचिकित्साको विशेषज्ञता भएका सर्जनहरूबाट हुने गरेको डा. गिरी बताउँछिन् ।

उनका अनुसार पछिल्लो १० महिनामा १५ जना नवजात शिशुको सफल शल्यक्रिया भइसकेको छ । यस्तै १ वर्षभन्दा मुनिका ३५ जना र १ देखि १४ वर्ष उमेर समूहका २ सय ५५ जना बालबालिकाहरूको शल्यक्रिया गरिएको छ । “बालवालिकामा जटिल समस्याहरूदेखि प्राय देखिरहेको हर्निया, हाइड्रोसिल, एपेन्डीसाइटिस जस्ता समस्याहरूको दैनिक शल्यक्रिया भइरहेको छ”, उनले भनिन्, “पेटमा आन्द्रा खप्टेको अवस्थामा समयमा नै अस्पताल आएको खण्डमा बिना अप्रेसन पानीको माध्यमबाट आन्द्रा खुलाई उपचार गराउन सकिन्छ ।”

विकसित देशहरूमा बाल शल्य चिकित्सकले नै बालबालिका तथा नवजात शिशुहरूमा आइपर्ने समस्याको शल्यक्रिया गर्ने गरेपनि नेपालमा भने सबैतिर त्यस्तोे अवस्था नरहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताए । “बाल शल्यचिकित्सकले बालबालिकाको ससाना अङ्ग, तन्तु तथा नसाहरूका बारेमा दक्षता, ज्ञान, तालिम हासिल गरेका हुन्छन् । आमाको गर्भमा रहेको शिशुमा देखिन सक्ने समस्याका बारेमा आवश्यक परामर्श र उपचार बाल शल्यचिकित्सकमार्फत गराउँदा राम्रो मानिन्छ”, उनले भने ।

नेपालमा दक्ष बाल शल्य चिकित्सकको संख्या कम रहेको उल्लेख गर्दै उनले उपत्यका बाहिर नियमित रूपमा चितवन मेडिकल कलेजले सेवा दिइराखेको दाबी गरे । बच्चा जति सानो भयो त्यति नै शल्यक्रिया जटिल हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा दक्ष चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको डा. लम्सालले बताए । भर्खरै जन्मिएका बच्चाको अप्रेशन गर्नुपर्ने अवस्थामा काठमाण्डौ नै पठाउनुपर्ने बाध्यता हटेको उनले सुनाए । हाल अस्पतालमा चितवनसहित मकवानपुर, नवलपरासी, गोरखा, लमजुङ, तनहूँ, रुपन्देही, सुनसरी, बारा, पर्सा, धनुषा लगायतका जिल्लाबाट बिरामीहरू आउने गरेको उनले बताए ।

कतिपय ग्रामीण भेगका बिरामीहरू उपचार सेवाका बारेमा जानकार नहुँदा समयमा उपचार गर्नबाट बञ्चित रहेको डा. गिरीको भनाइ थियो । वयस्क व्यक्तिभन्दा बच्चाको शल्यक्रिया संवेदनशील भएकाले उपचारमा बढी खर्च हुने बाल शल्यचिकित्सक डा. गिरी बताउँछिन् । तथापि आर्थिक विपन्नताका कारण बिरामी फिर्ता जाने अवस्था भने नरहेको उनले दाबी गरिन् । “हामीकहाँ आउने कतिपय बिरामीसँग पैसा नै हुँदैन त्यस्तो अवस्थामा सामाजिक सेवा डिपार्टमेन्टबाट सहुलियत दिएर उपचार गरेर घर पठाएका छौ”, उनले भनिन् ।

मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.