• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

प्रदेश-१, मधेस, बाग्मती र लुम्बिनीमा आज हल्का पानी पर्ने सम्भावना : हिउँदे बालीलाई फाइदा पुग्ने

  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित

पुस ९, काठमाण्डाै

Advertisement

आज देशका विभिन्न ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश एक, मधेस प्रदेश, बाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना देखिएको छ । साथै देशका हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका केही ठाउँमा बिहानीपख हुस्सु र कुहिरो लागेको छ । पुस महिना लागेपछि देशभर नै चिसो बढेको छ भने तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ । मौसमविद्का अनुसार आज केही ठाउँमा हल्का वर्षा र हिमपात भए पनि भोलिदेखि भने मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यस वर्ष हिउँदमा सरदरभन्दा कम वर्षा हुने आकलन छ । मौसमविद् सजिना शाक्यका अनुसार आज वर्षा भएमा यसवर्ष हिउँदयामको पहिलो वर्षा हुनेछ । पानी परेमा हिउँदेबाली गहुँ तथा आलुका लागि फाइदा पुग्नेछ ।

धेरै वर्षपछि नेपालमा पोहोर माघमा हिउँदे वर्षा राम्रो भएको थियो । सामान्यतया मंसिर १६ देखि फागुन मध्यसम्मसम्म हिउँदे वर्षाको समय मानिन्छ । तर यसवर्ष हिउँदमा वर्षा कम हुने मौसमविद्को अनुमान छ । पानी कम परे सुक्खा र अधिकतम तापक्रम बढ्न सक्छ ।

हिउँदयाममा पानी नपरे वा तुलनात्मक रुपमा कम परेमा हिउँदे खेतीबालीमा प्रभाव पर्ने नेपाल कृषि अनुसन्धान परिषद् नार्कका बाली विज्ञ डा. टीकाबहादुर कार्कीले बताउनुभएको छ ।

शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.