• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

बङ्गुर बिक्री नहुँदा व्यवसायी चिन्तित

  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित

वालिङ, ९ पुस
बङ्गुर बिक्री नहुँदा यहाँका व्यवसायी चिन्तित छन् । स्याङ्जा वालिङ–९ पिपलटारीस्थित इन्द्रेणी बङ्गुर फार्ममा बिक्रीका लागि तयारी अवस्थामा माउ तथा पाठापाठी छन् तर बजार नपाउँदा समस्या आएको हो । कोभिड–१९ को महामारीसँगै गरिएको बन्दाबन्दीपछि यहाँ उत्पादन भएका बङ्गुर बिक्री हुन छाडेका फार्मका सञ्चालक भीम लुइँटेलले बताउनुभयो । पहिला पहिला देशका विभिन्न ठाउँबाट पाठापाठीको माग अत्यधिक हुने र पु¥याउनै धौधौ हुने गरेकोमा पछिल्लो समय बिक्री नभएर माउ तथा पाठापाठी पाल्नुपर्ने बाध्यता आइपरेको हो ।

Advertisement

त्यहाँ माउ र पाठापाठी गरी एक हजार तीन सय वटा छन् । “पाठापाठी बिक्री भएनन्, बिक्री नभएपछि राख्ने ठाउँ भएन”, उहाँले भन्नुभयो, “राख्ने ठाउँको अभाव, दानापानी तथा औषधि उपचार अभावले गर्दा चार सयको हाराहारीमा पाठापाठी मरिसकेका छन् ।”वैदेशिक रोजगारीको सिलसिलामा युएईमा काम गर्नुभएका उहँले घर फर्केर २०७१ सालमा फार्मको सुरुआत गर्नुभएको हो । सुरुआती चरणमा ब्राह्मणको छोराले बङ्गुर पाल्यो भनेर खिसी गर्नेहरु पछिल्लो समय प्रशंसकसमेत बने । फर्मको सुरुआती चरणदेखि हालसम्म रु नौ करोड लगानी भइसकेको उहाँले बताउनुभयो ।

तयारी भएका माउ तथा पाठापाठी बिक्री नभएपछि पाल्नुपर्दा थप लगानी बढेको छ । अहिले सात सय वटा बिक्रीको तयारीमा छन् । “पहिला तयार भएका माउ तथा पाठापाठी बिक्री भई आम्दानी हुन्थ्यो, त्यही आम्दानी दानापानी तथा औषधिमा खर्च गरिन्थ्यो”, उहाँले भन्नुभयो । तयारी अवस्थाका माउ तथा पाठापाठी बिक्री भएमा न्यूनतम रु दुई करोड आम्दानी हुने अनुमान उहाँको छ । यता माउ तथा पाठापाठी बिक्री हुँदैनन् उता उल्टै दानापानी तथा औषधि उपचारमा मासिक रु २० लाख घाटा लाग्ने दाबी व्यवसायी लुइँटेलको छ । उहाँ आफैँले फ्रेस हाउस सञ्चालन गर्नुभयो तर त्यहाँ पनि सन्तोषजनक मासु बिक्री भएन । पाठापाठी बाहिरी जिल्लामा बिक्री हुँदै आएकामा पछिल्लो समय माग आउन छाडेको छ । (रासस)

शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.