• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

पत्रकार महासङ्घले जारी गर्‍यो १५ बुँदे ‘सुर्खेत घोषणा’

  •   शनिबार, पुष ०९, २०७९ मा प्रकाशित

सुर्खेत, ९ पुस 
नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो ।

Advertisement

साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

साधारणसभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन वटै तहका सरकारलाई आग्रह गरिएको छ । संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीन वटै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरिएको हो ।

आमपत्रकारलाई सचेततापूर्वक ‘डिजिटल’ माध्यमको प्रयोग गर्नुका साथै सो माध्यममार्फत् प्रेस स्वतन्त्रता हननका घटनामाथि कानुनी कारबाहीका लागि समेत जोडदार गरिएको छ ।

संविधानअनुसारका सञ्चार कानुन तत्काल निर्माण गर्न र पुराना कानुनमा सुधार ल्याउन सम्बद्ध पक्षसँग माग गरिएको छ । श्रमजीवी पत्रकार ऐन तथा नियमावलीमा तोकिएका सेवा सुविधाको पूर्ण कार्यान्वयन तथा समसामयिक परिमार्जनसहित श्रम समस्या समाधानका लागि नेपाल सरकार र सम्बद्ध पक्षसँग माग गर्दै महासङ्घलाई ट्रेड युनियन संस्थाका रूपमा सामूहिक सौदाबाजीमार्फत श्रम अधिकार स्थापित गर्न निर्देश गरिएको छ ।

साधारणसभाको घोषणामार्फत् नै साना लगानीमा सञ्चालित स्वरोजगारमूलक तथा विभिन्न मातृभाषाका सञ्चारमाध्यम दिगो र भरपर्दो ढङ्गले सञ्चालनका लागि सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बढाउन र समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न माग गरिएको छ । साथै छापा प्रकाशनलाई डिजिटल माध्यममा रुपान्तरण गर्न चाहेमा निरन्तरतासहितको मान्यता प्रदान गर्न सरकारसँग माग गरिएको छ ।

श्रमजीवी पत्रकारको निःशुल्क उपचार, दुर्घटना र स्वास्थ्य बीमाका सम्बन्धमा विगतमा सरकारले गरेका निर्णयको प्रभावकारी कार्यान्वयनका लागि माग गरिएको छ ।

नेपाल पत्रकार महासङ्घका सदस्यको शुद्धीकरणलाई थप प्रभावकारी बनाउन अद्यावधिक गर्न निर्देशन दिइएको छ भने मुलुकको बहुलता र विविधतालाई आत्मसात गर्दै सञ्चार प्रतिष्ठानका विषयवस्तु र संरचनालाई लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री एवं कार्यस्थललाई सुरक्षित बनाउन सबै सञ्चार प्रतिष्ठानलाई आह्वान गरिएको छ ।

छापा, रेडियो, टेलिभिजनजस्ता सञ्चारमाध्यममा आएका चुनौती र नयाँ सञ्चारमाध्यमले ल्याएका अवसरलाई आत्मसात गर्नेगरी सञ्चारकर्मीका लागि पेशागत दक्षता र क्षमता अभिवृद्धि तथा वृत्ति–विकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउन निर्देशन दिएको छ ।

प्रेसपासको सहज उपलब्धताका लागि आवश्यक वातावरण बनाउन सम्बद्ध सबै निकायलाई अपिल गरिएको छ । महासङ्घका विधानअनुरुप हरेक संरचनालाई स्वायत्त, क्रियाशील एवं सवल बनाउन प्रण गर्दै सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन तथा सेवा सुविधाका सन्दर्भमा प्रेस काउन्सिल नेपाल, सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्डलगायत विभिन्न सरकारी निकायमा अनावश्यक र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने अव्यवहारिक व्यवस्था तत्काल खारेज गर्न माग गरिएको छ ।

यसैगरी पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई आह्वान गर्दै सांस्कृतिक र पर्यटकीयरूपमा समृद्ध कर्णाली प्रदेशको पर्यटन, भाषा, कला र साहित्यको प्रचार एवं सम्वद्र्धनसँगै यस प्रदेशमा रहेका सबै पर्यटकीय क्षेत्रको प्रचार–प्रसार, संवद्र्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि सबै तहका सरकारलाई यो साधारणसभामार्फत् आह्वान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारी, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, विभिन्न राजनीतिक दलका नेता, स्थानीय निकायका जनप्रतिनिधि, पत्रकारसम्बद्ध विभिन्न सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिका साथै देशभरका केन्द्रीय परिषद् सदस्यलाई साधारणसभामार्फत् धन्यवाद ज्ञापन गरिएको छ ।

साथै आतिथ्यताका लागि नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखा, संयोजनका लागि नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका साथै सहयोगका लागि कर्णाली प्रदेश सरकार र स्थानीय तहहरुलाई धन्यवाद ज्ञापन गरिएको महासचिव पुरीले जानकारी दिनुभयो ।(रासस)

शनिबार, पुष ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.