१० पुस, जनकपुरधाम ।
Advertisement
मधेश प्रदेशमा अपराध बढ्दै गएको छ । दुईदिनमा अज्ञात व्यक्तिले गोली प्रहार गरी धनुषा र बारामा दुईजनाको हत्या गरेका छन् ।
शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् । बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए । काम सकेर घरमा आएर परिवारसंग बसेर कुरा गर्दै गर्दा अज्ञात व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्धृत गर्दै डिएसपी क्षेत्रीले बताए ।
तपाईको प्रतिक्रिया