• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

शान्ति र मानवताको विकासका लागि चीन प्रतिबद्ध 

  •   आइतबार, पुष १०, २०७९ मा प्रकाशित

बेइजिङ, १० पुस 
चीनको राज्य परिषद् सदस्य तथा विदेशमन्त्री वाङ यीले चीनलाई आधुनिक समाजवादी राष्ट्रको रूपमा निर्माण गर्ने नयाँ यात्रामा मानव जातिको शान्ति र विकासको महान् कार्यमा चीन प्रतिबद्ध रहने बताउनुभएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका विदेशमन्त्री वाङले अन्तर्राष्ट्रिय परिस्थिति र चीनको विदेश सम्बन्धसम्बन्धी गोष्ठीलाई सम्बोधन आज यहाँ अप्रत्यक्षरूपमा सम्बोधन गर्दे मानव प्रगति र विश्व सद्भाव प्रवद्र्धन गर्न चीन दृढ रहेको बताउनुभयो ।

Advertisement

चाइना इन्स्टिच्युट अफ इन्टरनेशनल स्टडीज र चाइना फन्ड अफ इन्टरनेशनल स्टडीजले संयुक्त रूपमा आयोजना गरेको उक्त गोष्ठीमा विदेशमन्त्रीले चीनको दिगो विकास प्राप्तिका निम्ति आफूलाई समर्पित गर्ने तथा अन्तर्राष्ट्रिय प्रणालीको निरन्तरता एवम् परिवर्तनका उद्देश्यमा योगदान गर्ने बताउनुभयो ।

चीन आधुनिकीकरणको चिनियाँ मार्गमा अडिग रहने, मानव विकासको नयाँ स्वरूप मात्र सृजना नगर्ने बरु विकासोन्मुख देशहरूका लागि नयाँ विकल्प पनि प्रदान गर्दै उनीहरूको राष्ट्रिय परिस्थिति अनुरूप विकासका मार्गहरू खोज्न र द्रुत गतिमा अघि बढ्न दृढतापूर्वक समर्थन गर्न तत्पर रहेको नेता वाङले बताउनुभयो ।

शान्तिपूर्ण विकासमा चीन प्रतिबद्ध रहने, आधिपत्य वा विस्तारको खोजी नगर्ने, सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीतिको विरोध गर्ने, शान्ति र विकासका लागि आफ्ना जनता तथा सबै देशका जनताको वैधानिक अधिकारको रक्षा गर्ने चीनको नीति विदेशमन्त्री वाङले स्पष्ट गर्नुभयो । दिगो शान्ति, विश्वव्यापी सुरक्षा र साझा समृद्धिलाई चीनले जोड दिएको उहाँले दोहो¥याउनुृभयो ।

आफ्नो र विश्व विकासका लागि चीनले उच्चस्तरको खुलापनलाई निरन्तरता दिने, खुलापनको पारस्परिक लाभकारी रणनीति अपनाउने, आर्थिक भूमण्डलीकरणको सही मार्गलाई अवलम्बन गर्ने, व्यापार र लगानीको उदारीकरण एवम् सहजीकरण, खुला विश्व अर्थतन्त्रको निर्माणका साथै नयाँ अवसर सृजना गर्ने चिनियाँ चाहना विदेशमन्त्रीले सुनाउनुभयो ।

“हामी स्वतन्त्रताप्रति प्रतिबद्ध रहनेछौँ गठबन्धन र टकरावको सट्टा साझेदारी र संवाद खोज्नेछौँ, गुण र दोषका आधारमा कुनै पनि मुद्दामा हाम्रो अडान निर्धारण गर्नेछौं, सबै देशसँग आपसी सम्मान, विश्वास र लाभका खातिर काम गर्नेछौँ, समानता, खुलापनसहितको विश्वव्यापी सहयोग र साझेदारीलाई गहनरूपमा विस्तार गर्नेछौँ,” राज्य परिषद् सदस्य वाङले भन्नुभयो ।

(रासस सिन्ह्वा )

आइतबार, पुष १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.