• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

गगन – विश्वप्रकाशको एकै स्वर ,’कांग्रेसले धेरै सिट जितेर एम्बाप्पे भयो’

  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित

गण्डकी — नेपाली कांग्रेस बेगरको नयाँ सत्ता समीकरण बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् । यसअघि दाहालकै साथमा सरकार सञ्चालन गरेको नेपाली कांग्रेस भने सत्ता समीकरणबाट बाहिरिएको छ ।सत्ताबाट बाहिरिएका नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेपाल लिटरेचर फेस्टिभलको एकै मञ्चमा बसेर कुरा गरे । दुवैको स्वर एकै थियो ।

Advertisement

विश्वकप फुटबलसँग राजनीति जोड्दै दुवै महामन्त्रीले भने, ‘अहिले मेस्सीले जिते । सबैभन्दा बढी गोल एम्बाप्पेले गरे, कांग्रेसले सबैभन्दा बढी सिट जित्यो । मेस्सी अर्कोपटक हुँदैनन्, एम्बाप्पेले जित्छ ।’

थापाले ९९ नम्बरको नागले एक्कासी तल झारेको भन्दै व्यंग्य गरेका छन् । ‘स्नेक एन्ड ल्याडर’ खेलमा ९९ को नागले तल झारेझैं कांग्रेस पनि तल झरेको उनको टिप्पणी थियो ।

कार्यक्रममा सहजकर्ता बसन्त बस्नेतले गगनलाई ‘तपाईं जितेर आउनुभयो कि हारेर आउनुभयो ?’ भन्ने प्रश्न गर्दा आफू केही जिते जस्तो अनि केही हारेजस्तो महसुस गरिरहेको गगनको उत्तर थियो । उनले भने, ‘हिजोको घटना ९९ प्रतिशतमा पुगेपछिको नागबाट तल झरेको जस्तो भएको छ ।’

थापाले कांग्रेसको केन्द्रीय बैठकमा पटकपटक निर्वाचन अघि गठबन्धन नगरौं भनेपनि तालमेल गर्नाले अहिलेको अवस्था सिर्जना भएको बताए । ‘निर्वाचन अघिको तालमेल गर्नको लागि उन्नत राजनीति चाहिन्छ । जुन हामीसँग छैन,’ थापाले भने । चुनावमा कांग्रेसको मत माओवादीलाई ‘ट्रान्सफर’ भएर माओवादीले बढी सिट जितेको थापाको आशय थियो ।

शर्माले नेपाली लोकतन्त्रको हरेक चरणमा प्रतिस्पर्धा देखिएको र यस प्रतिस्पर्धा अब संसदमा पनि देखिने बताए । यस्तै थापाले नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब बनेको बताए । पूर्वप्रधानमन्त्रीको क्लबले छाड्न नमान्दा नेपालको राजनीतिक फ्रणालीमै समस्या बनेको जोडे । ‘हाम्रो डेमोक्रेसीलाई व्यत्ति, पार्टीले कब्जा गरेर राखेको छ । एउटा पूर्वप्रधानमन्त्री अर्को पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कति पटक पूर्व हुने भन्ने मात्रै रहृयो सबैको,’ थापाले जोडे ।

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.