• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सुकीविरूद्धको मुद्दामा अन्तिम बहस

  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित

याङ्गुन, ११ पुस
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले जेलमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको रिहाइको माग गरेपछि म्यान्मारको अदालतले सोमबार बाँकी अन्तिम मुद्दाको सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।

Advertisement

सन् २०२१ को फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकी जेलमा रहँदै आउनुभएको छ ।

नोबेल पुरस्कार विजेता७७ वर्षीय सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गर्ने र सरकारी गोपनीयता सम्बन्धी ऐनको उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गरिएको छ ।

अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यान्मारको ‘कू’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न जुन्तालाई आग्रह गरेको छ ।

सुरक्षा परिषद्का स्थायी सदस्य र जुन्टाका निकट सहयोगी चीन र रूसले उक्त शब्दावलीमा संशोधन पछि भिटो प्रयोग नगर्ने निर्णय गरेपछि यो प्रस्तावले सापेक्षिक परिषद् एकताको क्षणलाई चिह्नित गरेको छ ।

सुकीको कानुनी टोली र जुन्ताका वकीलले भ्रष्टाचारका बाँकी पाँच वटा अभियोगमा सोमबार अन्तिम बहस गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

“आजको बहसपछि फैसला सुनाइने छ,” स्रोतले भन्यो, यद्यपि, फैसला सुनाइने मिति भने तय भइसकेको छैन ।

सुकीको यसअघिको मुद्दाको फैसला सामान्यतया अन्तिम बहसको केही दिनपछि आउने गरेको छ ।

भ्रष्टाचारको अभियोगमा बढीमा १५ वर्ष जेल सजाय हुने व्यवस्था छ । यसअघिका भ्रष्टाचारका मुद्दामा अदालतले सुकीलाई तीन वर्षको जेल सजाय सुनाइसकेको छ ।

सुकीले हाल राजधानी न्यापितको एक घेराबन्दी गरिएको घरभित्र कैदीका रूपमा दिन विताउँदै आउनुभएको छ ।

उहाँको मुद्दा त्यही चलिरहेको छ र उहाँलाई घरका सदस्य उहाँका सहयोगी कर्मचारी र उहाँको कुकुर ताइचिडोलाई भेट्न बञ्चित गरिएको छ ।

‘कू’ पछि, उहाँ धेरै हदसम्म दृश्यबाट गायब हुनुभएको छ । यदाकदा आउने तस्बीरहरू जुन्ताप्रति बफादार सञ्चारमाध्यममार्फत आउने फोटोहरूमा मात्र सिमित छन् ।

केही स्थापित जातीय विद्रोही समूहहरूले सीमावर्ती क्षेत्रमा सेनासँग पुनः लडाईं सुरु गरेका छन्भने म्यानमारको अर्थतन्त्र धरासायी भएको छ ।

सुकीको अहिंसाको कडा नीतिलाई बेवास्ता गर्ने दर्जनौं ‘पिपुल्स डिफेन्स फोर्सेज’ले पनि जुन्तासँग लड्नका लागि उदय भएको र यसको प्रभावकारिताले सेनालाई आश्चर्यचकित पारेको विश्लेषकहरूले बताएका छन् ।

तल्लो स्तरका जुन्ता अधिकारीहरू वा ‘कू’ विरोधी लडाकूहरूको लगभग दैनिक हत्याहरू भइरहेको छ । हत्या, अपहरण र पक्राउका विवरणहरू अस्पष्ट छन् र प्रतिशोधहरू प्रायः चाँडै पछ्याइन्छ ।

विश्लेषकहरूका अनुसार जुन्ताले अर्को वर्ष हुने निर्वाचनको तयारी गरिरहेको छ र सुकीलाई नजरबन्दमा सजायको केही समय बिताउन अनुमति दिन सक्छ ।सन् २०२० को चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले जितेको चुनावमा व्यापक धाँधली भएको आरोप लगाउँदै सेनाले सुकीलाई अपदस्थ गरी आफूप्रति बफादार नेतृत्वमा सत्ताको बागडोर सम्हालेको थियो ।

स्थानीय निगरानी समूहका अनुसार असहमतिविरुद्ध सेनाले गरेको कारबाहीमा दुई हजार ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

अधिकारवादी समूहहरूले सेनामाथि गैरन्यायिक हत्या गरेको र सर्वसाधारणमाथि हवाई आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।

पछिल्लो पटक जुन्ता सरकारले जारी गरेको रिपोर्टमा मृत्यु हुनेको सङ्ख्या चार हजारभन्दा बढी पुगेको छ ।
(रासस÷सिन्ह्वा)

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.