• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चीनमा १६ देखि २४ वर्ष उमेर समूहका दुई करोड मानिस बेरोजगार

  •   सोमबार, पुष ११, २०७९ मा प्रकाशित

बेइजिङ, ११ पुस
हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब दुई करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्याङ्कमा आधारित सीएनएनको अध्ययनले देखाएको छ ।

Advertisement

आधिकारिक तथ्याङ्कअनुसार सहरी युवाको जनसङ्ख्या १० करोड ७० लाख रहेको छ । तथ्याङ्कले ग्रामीण बेरोजगारीलाई समावेश नगरेको बताइएको छ ।

द हङकङ पोस्टका अनुसार चीनमा युवा बेरोजगारी दर यो वर्ष नयाँ उचाइमा पुगेको छ । सन् २०२२ को मार्चमा १५.३ प्रतिशत बेरोजगार दर रहेकोमा अप्रिलमा बढेर १८.२ प्रतिशत पुगेको छ । त्यसपछिका केही महिनासम्म यो निरन्तर उकालो लाग्दै जुलाईमा १९.९ प्रतिशत पुगेको हो ।

अगष्टमा यो दर केही घटेर १८.७ प्रतिशतमा झरेको छ, तर अझै पनि अहिलेसम्मकै उच्चतम विन्दुमा रहेको राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कले देखाएको छ ।

कोभिड–१९ का कारण हुन सक्ने गम्भीर बेरोजगारीका कारण पाँचमध्ये एक जना सक्षम चिनियाँले रोजगारी गुमाएका रिपोर्टमा उल्लेख छ ।

कोभिड–१९ तथा रूस युक्रेन युद्धका कारण विश्वव्यापी प्रभाब चीनले पनि व्यहोरेको कारण आर्थिक मन्दीको सामना गर्नुपरेको र यसका कारण कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई कटौती गर्ने नीतिका कारण बेरोजगारी दरमा वृद्धि भएको हो ।

विश्वको सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनी शाओमीले पनि आफ्ना कर्मचारीलाई कटौती गरिरहेको छ ।

हालै, शाओमीका प्रवक्ताले सीएनएनलाई बताएअनुसार शाओमीले ‘नियमित कर्मचारी अनुकूलन र संगठनात्मक सुव्यवस्थापन’ अभियान सञ्चालन गरेको थियो । यो कदमले कम्पनीको १० प्रतिशतभन्दा कम कर्मचारीलाई मात्र असर गरेको उहाँले बताउनुभयो ।

“चिनियाँ सरकारी सञ्चारमाध्यमले भने शाओमीले आफ्नो स्मार्टफोन र इन्टरनेट व्यवसाय एकाइलगायत विभिन्न विभागमा हजारौं कर्मचारी कटौती गर्ने जानकारी दिएका छन्,” द हङकङ पोस्टले लेखेको छ ।

वित्तीय दस्तावेजका अनुसार शाओमीले सन् २०२२ को पहिलो नौ महिनामा करिब एक हजार ९००कर्मचारी कटौती गरेको छ । सेप्टेम्बरको अन्त्यसम्ममा कम्पनीमा लगभग ३५ हजार पूर्णकालिक कर्मचारीहरू थिए, जसमध्ये अधिकांश चीनमा आधारित थिए ।

चीनको शून्य–कोभिड प्रतिबन्धको प्रतिकूल प्रभावका कारण कम्पनीको राजस्व १० प्रतिशतभन्दा बढीले घटेको छ ।

सीएनएनको रिपोर्टमा भनिएको छ, “चीनको शिक्षा मन्त्रालयले गत महिना ११.६ मिलियन कलेज स्नातकहरू रोजगार बजारमा प्रवेश गर्ने बताए अनुसार अर्को वर्ष स्थिति अझ खराब हुन सक्नेछ ।”

वासिङ्टन डिसीस्थित जेम्सटाउन फाउन्डेसनका सिनियर फेलो विली लामलाई उद्धृत गर्दै हङकङ पोस्टले लेखेको छ, “निश्चित रूपमा, यो चार दशकभन्दा बढी समयको अवधिमा युवाहरूका लागि चीनको सबैभन्दा खराब रोजगारी सङ्कट हो । व्यापक बेरोजगारी यहाँको कम्युनिस्ट पार्टीका लागि ठूलो चुनौती भएको छ ।”

संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको प्रक्षेपणअनुसार सन् २०३० को दशकमा १५ देखि ६४ वर्ष उमेर समूहका रूपमा परिभाषित गरिएको चीनको कामकाजी उमेरको जनसङ्ख्या तीव्र गतिमा घट्न थाल्नेछ र यो शताब्दीको अन्त्यसम्ममा ६० प्रतिशतभन्दा बढीले घटेर ३७ करोड ८० लाखमा झर्नेछ ।

सन् २०१४ मा ९९ करोड ७० लाख रहेको काम गर्ने उमेरको जनसङ्ख्या सन् २०२१ मा घटेर ९८ करोड ६० लाखमा झरेको छ ।
(रासस÷एएनआई )

सोमबार, पुष ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.