आँबुखैरेनी –आफुले पाएको तलब भत्ता जोगाएर तनहुँका एक जनप्रतिनिधिले जाडोमा कठाङ्ग्रीएका विपन्न परिवारलाई फाइवर सिरक प्रदान गरेका छन् ।आँबुखैरेनी जाडोमा कठाङ्ग्रीएका विपन्नलाई वितरण गरेका छन ।
आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य मनोज कुमार श्रेष्ठले आफुले पाएको तलब भत्ताबाट जाडोमा कठाङ्ग्रीएका वडाका असहाय तथा बिपन्न परिवारलाइृ फाईबरको सिरक वितरण गरेका हुन् । आँबुखैरेनी सेवा समाजका अध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो तलव भत्ताबाट आएको रकमले आँबु गाउँ, ज्यामसरा, धारापानी र कोट गाउँका ३० घरधुरीलाई सिरक वितरण गरेका हुन् । ‘ चुनावको बेला वडाबासीको हरेक दुस्ख सुखमा साथ दिने प्रतिबद्धता गरेको थिए । त्यही अनुसार तलब र भत्ता उहाँहक्रुा लागी खर्चिए , ’ श्रेष्ठले भने , ‘ जाडोमा कष्टकर हुन्छ भन्ने सबेलाई थाहा छ । चोरै भएपनि उहाँहरुसंग खुसी साट्दा आनन्दको अनुभूति गरेको छु । ’ ५० हजारबाट असहाय तथा बिपन्न वर्गका वडाबासीलाई फाईबरको सिरक वितरण खरिद गरेको उनले बताए ।