चितवन– उद्योग वाणिज्य संघ चितवनले अर्थतन्त्र जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ । संघको टोलीले नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई दिदै नेपालमा र्थतन्त्र ओरालो लागेको अर्थतन्त्र जोगाउन अनुरोध गरे । उद्यँेग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर बैंकले बढाएको ब्याजदरले उद्योग ब्यवसायी मार परेको जानकारी गराए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय असहजता, मुल्यबृद्धि लगायतका कारणले गर्दा आर्थिक क्ष्ँेत्र तहसनहस भएको बताउंदै नेपाल राष्ट्र बैंकद्धारा ल्याएको चालु पूंजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तिमा २ बर्ष स्थगन गर्नका लागि अनुरोध गरेका छन् । सोहीक्रममा अध्यक्ष श्रेष्ठले भरतपुरको नारायणगढदेखी गोन्द्राङ सम्मको सडकको दाया“बाया“ तर्फका संरचनाहरु अव्यवस्थित रुपमा डोजर लगाई भत्काउंदा व्यवसायीको ठुलो क्षति भएको गुनासो गरे । आफ्नो सामान व्यवस्थित गर्ने समय सम्म नदिई डोजर लगाइएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
ब्यवसायीसंगको भेटमा प्रधानमन्त्री दाहालले देशको बर्तमान अवस्थाको बारेमा आफु संवेदनशिल भएको बताउंदै समस्या समाधानको लागि सामुहिक प्रयास आवश्यक रहेको बताए । टोलीमा संघका निबर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष्ँ सुमनकुमार श्रेष्ठ र कार्यसमिति सदस्य राजन पिया रहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो ।
अर्थतन्त्र जोगाउन उवासंघ–चितवनद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण
अर्थतन्त्र जोगाउन उवासंघ–चितवनद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

Advertisement