• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

आगलागी पीडितलाई फुटबल सङ्घको राहत सङ्कलन अभियान

  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित

खोटाङ, १६ पुस 
जिल्ला फुटबल सङ्घ खोटाङले केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारका आगलागी पीडितको सहयोगार्थ राहत सङ्कलन अभियान सुरु गरेको छ । यही पुस ४ गते साँझ बाक्सिला बजारमा भएको आगलागीमा फुटबल सङ्घका जिल्ला उपाध्यक्ष समिर राई र बाक्सिला फुटबल क्लब बाक्सिलाका सचिव पवन श्रेष्ठसमेत पीडित भएपछि जिल्ला फुटबल सङ्घले राहत सङ्कलन अभियान सुरु गरेको हो ।

Advertisement

बाक्सिला बजारका दीपक गुरुङको घरमा विद्युत् सर्ट हुँदा सुरु भएको आगोले डिल्लीकुमार श्रेष्ठ, शुभराज राई, रमेश परियार र अकबर राईको घर जलेर नष्ट भएको थियो । सो आगलागीमा फुटबल सङ्घका उपाध्यक्ष एवं गाउँपालिका प्रमुख राईको रु एक करोड २५ लाख र बाक्सिला फुटबल क्लबका सचिव श्रेष्ठको रु २० लाख ४० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

अभियानअन्तर्गत हालसम्म १४ दाताबाट रु एक लाख ४२ हजार दुई सय राहत सङ्कलन भइसकेको फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईले जानकारी दिनुभयो । आगलागी पीडितका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा समाजसेवी हटमिलन राईले रु एक लाख एक हजार एक सहयोग गर्नुभएको छ ।

फुटबल सङ्घका अध्यक्ष राईले दश हजार एक, सुमन पुमाले पाँच हजार, कमल चाम्लिङले पाँच हजार, काजीमान राईले पाँच हजार, प्रकाश राई ‘पिके’ले तीन हजार, विनोद तिरुवाले तीन हजार, हिरन राईले दुई हजार, सनम राई ‘जोजो’ले दुई हजार, रोशेस श्रेष्ठले दुई हजार, अमर श्रेष्ठले एक हजार एक सय, मनोज थापले एक हजार एक सय, गङ्गाबहादुर विश्वकर्माले एक हजार र पर्शुराम विश्वकर्माले एक हजार सहयोग गर्नुभएको छ । सङ्कलित रकम केही समयपछि अग्नी पीडितलाई हस्तान्तरण गर्ने अध्यक्ष राईले बताउनुभयो ।

जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजारमा भएको आगलागीमा पाँचवटा घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको थियो । आगलागी पीडित परिवार अहिले पनि आफन्तकामा आश्रय लिएर बसिरहेका छन् ।

बाक्सिला बजारका आगलागी पीडितका लागि विभिन्न सङ्घसंस्थाले पनि राहत सङ्कलन अभियान सञ्चालन गरिरहेको जनाइएको छ । उद्योग वाणिज्य सङ्घको नेतृत्वमा विभिन्न सङ्घसंस्था सम्मिलित समितिले सञ्चालन गरेको घरदैलो अभियानबाट रु चार लाख ५५ हजार ९५ सहयोग रकम सङ्कलन गरेको उद्योग वाणिज्य सङ्घ शाखा कार्यालय केपिलासगढीका अध्यक्ष शिव राईले बताउनुभएको छ ।

यसैबीच, जिल्ला विपद् व्यवस्थापन समिति आगलागी पीडितका लागि राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसमक्ष सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकले आगलागीबाट घर तथा भएका धनसम्पत्ति गुमाएर विस्थापित भएका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि सङ्घ र प्रदेश सरकारसमक्ष सिफारिस गरेको हो ।

बैठकले आगलागी पीडितको सहयोगार्थ सङ्कलन हुने राहत एकद्वार प्रणालीमार्फत सङ्कलन र वितरणको व्यवस्था मिलाउनेसमेत निर्णय गरेको छ । हिउँद तथा वर्षा याममा निम्तिने प्राकृतिक विपत्ति रोकथाम तथा नियन्त्रणका लागि योजना बनाउने, आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्नेलगायतका निर्णय पारित गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले जानकारी दिनुभएको छ ।

स्थानीय तहका प्रमुख, दल, सुरक्षा प्रमुख, सङ्घसंस्थाका प्रतिनिधि बोलाइएको बैठकमा विद्युत् सर्ट हुन नदिन सुरक्षित वायरिङ गर्ने, विपत्तिका बेला उद्धारमा खटिने उद्धार टोली बनाउने, सबै पालिकाको केन्द्रमा दमकलको व्यवस्था गर्ने, फायर इस्टिङग्वीर राख्ने, जनचेतनामूलक सन्देश प्रवाह गर्ने, उद्धारका सामग्री तयारी अवस्थामा राख्नेलगायतका विषयमा छलफल भएको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गरे पनि बैठकमा ऐंसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुखको मात्र उपस्थिति रहेको थियो ।

(रासस)

शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.