• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

कालीगण्डकीमा पुल निर्माण अलपत्र

  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित

त्रिवेणी, १६ पुस 
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवास्थित कालीगण्डकी नदीमा पुल निर्माणको काम अघि बढ्न सकेको छैन । नवलपुरको बौदीकाली गाउँपालिका–३ रकुवा र तनहुँको घिरिङ सुन्धारा–१ जगौली जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन पुलको काममा सुधार हुन नसकेको हो ।

Advertisement

विसं २०७४ मा पुल निर्माणको सम्झौता भएको थियो । तीन वर्षभित्र निर्माण सक्ने गरी सम्झौता भए पनि हालसम्म २० प्रतिशत काम भएको छ । पुल बनाउन दुई पटक म्याद थप गरिएको पुल योजना पश्चिम क्षेत्र सेक्टर नं ४ पोखराका इन्जिनियर नवराज बास्तोलाले बताउनुभयो ।

पछिल्लो पटक विसं २०८० असारसम्मका लागि म्याद थप गरिएको छ । दोस्रो पटक म्याद थपिएपछि पनि काममा उल्लेख्य प्रगति नभएको उहाँले बताउनुभयो । पुल निर्माणमा प्रगति नभएपछि निर्माण कम्पनीका प्रतिनिधिलाई विभिन्न चरणमा लिखित तथा मौखिक ताकेता गरिएको इन्जिनियर बास्तोलाले बताउनुभयो । “पुल निर्माणको कार्य सन्तोषजनक नभएपछि हामीले ताकेता गरिरहेका छाँै, लिखितरुपमा समेत चाँडो काम गर्न भनिरहेका छाँै, पुल निर्माण चाँडो होस् भन्ने छ”, बास्तोलाले भन्नुभयो ।

पुल निर्माण स्थलको बौँदीकाली–३ रकुवातर्फ दुई पिल्लर र अर्को एउटा पिल्लरको जमिनको सतहसम्म जगको कामबाहेक अरु कुनै काम हुन सकेको छैन । गत वर्षदेखिनै पुल निर्माणको काम रोकिएको छ ।

सरकारले काममा लापर्बाही गर्ने र समयमा काम नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भने पनि निर्माण अलपत्र पार्ने यस्ता कम्पनीलाई कारबाही अघि नबढाएको स्थानीय कृष्णप्रसाद पराजुलीले बताउनुभयो । पुल निर्माण कार्यलाई तीव्रता दिन जनप्रतिनिधि, राजनीतिक दलका अगुवासहित सम्बन्धित सरोकारवालाले कामको निरीक्षण गरी आवश्यक पहल गरिदिन स्थानीयले अनुरोध गरेका छन् । कालीगण्डकीमा निर्माणधीन उक्त पुलको लागत रु २२ करोड ९८ लाख रहेको छ । पुलको लम्बाइ दुई सय ११ मिटर हुनेछ । पुल निर्माणको काम महावीर, गौरीपार्वती, नीलगिरि नेशनल जेभीले गरिरहेको छ ।

(रासस)

शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.