• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

वागमती प्रदेशमा पोल्ट्री व्यवसायको ६९ प्रतिशत मासु उत्पादनमा योगदान

  •   शनिबार, पुष १६, २०७९ मा प्रकाशित

वागमती प्रदेशको मासु उत्पादनमा पोल्ट्री व्यवसायको योगदान ६९ प्रतिशत रहेको वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साथै राष्ट्रिय अण्डा उत्पादनमा वाग्मती प्रदेशको योगदान ६० प्रतिशत रहेको समेत छ । ‘पोल्ट्री क्षेत्रको विकासमा सर्वपक्षीय सहभागिता खाद्य र पोषण सुधार’ भन्ने नाराका साथ भएको दसाँै पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमका अवसरमा आज हेटाँैडामा आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।

Advertisement

मन्त्रालयको प्रतिवेदनअनुसार वागमती प्रदेशमा एक लाख ६३ हजार तीन सय नौ मेट्रिक टन मासु उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । जसमा वाग्मती प्रदेशमा एक लाख १३ हजार चार सय ३२ मेट्रिक टन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ ।

साथै प्रदेशमा कूल अण्डा उत्पादन आठ लाख ९९ हजार तीन सय ३५ गोटा रहेको छ । प्रतिवेदनमा उल्लेख गरिएको अनुसार वाग्मती प्रदेशभित्र सञ्चालित पोल्ट्री व्यवसायले देशको कूल मासु उत्पादन तथा अण्डा उत्पादनमा क्रमशः २२ र २६ प्रतिशत रहेको छ ।

मकवानपुर जिल्लामा मात्र वार्षिक रुपमा ६ हजार सात सय ७१ मेट्रिकटन कुखुरा तथा हाँसको मासु उत्पादन हुने गरेको छ । जिल्लामा वार्षिकरुपमा २१ लख ३० हजार कुखुरा तथा चार हजार तीन सय हाँस गरी जम्मा २१ लाख ३४ हजार सात सय ३८ वटा कुखुरा र हाँसपालन भइरहको सो मन्त्रालयले जनाएको छ । जिल्लामा ३६ हजार पाँच सय गोटा अण्डा उत्पादन हुने गरेको छ ।

मन्त्रालयका डा निशान्त शर्मा गेलालले प्रतिवेदन प्रस्तुत गर्दै प्रदेश सरकारले प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गरेर सञ्चालनको प्रक्रिया अगाडि बढाइएको जानकरी दिनुभयो ।

प्रदेश सरकारले प्रदेश कृषि विकास अध्यादेश,२०७९ बनाएको र प्रमाणीकरणको चरणमा रहेको वाग्मती प्रदेश सरकारले किसानलाई लक्षित गरेर रु पाँच करोडको बजेट छुट्याएर स्थायी क्षतिपूर्ति कोषसमेत स्थापना गरी सञ्चालन गरिएको उहाँले भन्नुभयो ।

साथै किसानहरुको वर्गीकरण गरेर परिचयपत्र गरिने र उत्पादित वस्तुको बजार उपलब्ध गराउनुपर्ने समेत डा गेलालको भनाइ रहेको छ । भेटेरिनरी अस्पताल मकवानपुर हेटाँैडाका प्रमुख डा व्रजकिशोर ठाकुरले प्रदेशभित्र दानाको परीक्षण र गुणस्तरसम्बन्धी मापदण्ड तयार गरी लागू गर्नुपर्र्नेे बताउनुुभयो ।

मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा पोल्ट्री व्यवसायी राजु अधिकारीले मकवानपुरमा पोल्ट्री व्यवसायीको सङ्ख्या घट्दै गएकामा चिन्ता व्यक्त गर्दै विगतमा तीन हजार मकवानपुरमा पोल्ट्री व्यवसायी रहेकामा अहिले घटेर एक हजार मात्र रहेको जानकारी दिनुभयो । किसानले उत्पादन र लगानी गरेको आधारमा बजार मूल्य नपाएको बताउँदै पोल्ट्री व्यवसायसँग सम्बन्धी स्पष्ट कानुनी व्यवस्था आउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दसाँै राष्ट्रिय पोल्ट्री दिवस सप्ताहव्यापी कार्यक्रमको अवसरमा सो मन्त्रालय र पोल्ट्री व्यवसायीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी विभिन्न स्थानमा चेतनामूलक कार्यक्रम गरिरहेको छ ।
(रासस)

शनिबार, पुष १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.