• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

धार्मिक महत्व हुँदाहुँदै पनि ओझेलमा परेको मालिका मन्दिर

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

जिल्लाको मालिका मन्दिर यतिबेला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ । गुल्मीको मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घास्थित रहेको यस मन्दिरको रोचक पनि भनेको यहाँ बर माग्दा चिच्याएर माग्नु पर्छ ।

Advertisement

नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थलमध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ विशेष पर्वहरुमा श्रद्धालुहरुको ठूलो घुइँचो लाग्ने गर्दछ । यस मन्दिरमा दर्शन एवं पूजाआजाका लागि गुल्मीलगायत अर्घाखाँची, बाग्लुङ, प्यूठान, बुटवललगायत काठमाडौँका मानिसहरू आउने गर्दछन् । मालिका मन्दिरमा बर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पुग्दछ भन्ने जनविश्वास छ । मालिका भगवतीले कान कम सुन्ने भएका कारण यहाँ बर माग्दा चिच्याएर बर माग्नुपर्ने प्रचलन रहेको छ । यस मन्दिरमा कुनै पनि वर मागी भाकल गरेपछि मनोकामना पूरा हुने विश्वासले गर्दा मन्दिर जाने जो कोहीले पनि भाकल गरेपछि परेवा उडाउने र बलि दिने प्रचलन छ ।

यहाँ आउने भक्तजनहरूले भिन्नभिन्न प्रकारका वर माग्दछन् । कोही वैदेशिक रोजगारमा जान पाऊँ, कोही विदेशी सेनामा भर्ती हुन पाऊँ, जागिर खान पाऊँ, लोकसेवा पास गर्न पाऊँ, सन्तान नभएको भए चाँडै सन्तान जन्मियोस् जस्ता अनेकौँ वर माग्ने गरेको सुनिँदै आएको छ ।

मन्दिर नजिकैको पहराबाट निस्किएको पानीको मूल यस मन्दिरको थप आकर्षक बनेको छ । सानो पानीको कुण्डमा तैरिरहेका रङ्गीबिरङ्गी माछाको दृश्यले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउँछ छ । यहाँ बैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीको दिन हजारौँ मानिसहरुको घुइँचो लाग्ने गर्दथ्यो । तर आजभोलि यो क्रम बिस्तारै बिस्तारै कम हुँदै जान थालेको मन्दिर व्यवस्थापन समितिका सञ्चालक ज्ञानहरि सापकोटा बताउनुहुन्छ ।

यसको उत्पत्ति जानकारहरूका अनुसार आजभन्दा करिब पाँच हजार वर्षअगाडि भएको भन्ने किंवदन्ती छ । हालको मालिका क्षेत्रमा किम्मु, वर र सिमलका रूखहरु रहेको र तिनै रूखको फंदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने भनाइ छ ।

वनजङ्गल प्रशस्त भएका कारण त्यहाँ जङ्गली जनावरहरू र चराचुरुङ्गीको बासस्थान रहेको थियो । त्यसैको नजिकै पानीको मुहान रहेकामा कालान्तरमा उक्त मूल सुकेपछि पानीको अभावमा वन्यजन्तु र जीवजन्तुहरू छट्पटाउन थालेका छन् । पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान माग्नभन्दा माल्या श्री ऋषिले पानीको अभावले प्राणीहरूले दुःख पाएको पुकार गरेपछि देवी मालिका भगवती प्रसन्न भएर मन्दिर परिसरमा जलकुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ ।

अर्काेतर्फ श्री स्वस्थानी व्रत कथामा पनि शक्ति पीठका रुपमा मालिकाको वर्णन गरिएको पाइन्छ । सायद त्यसै भएर होला श्रावण र माघमा यहाँ बलि दिने चलन छैन । पर्यटकीय दृष्टिकोणले पनि यस मन्दिर महत्वपूर्ण स्थानमा रहेको छ । मन्दिर नजिकै रहेको स्वाँरा होमस्टे पनि छ । तर सडकको राम्रो व्यवस्था हुन नसक्दा कतिपय मानिसहरू चाहेर पनि त्यहाँ पुग्नका लागि खासै रुचि देखाउँदैनन् । स्थानीय पालिकाले मन्दिर व्यवस्थापनका लागि केही सहयोग गरे पनि उक्त सहयोग पर्याप्त भने छैन । यस्ता प्रकारका धार्मिक एवं पर्यटकीय स्थलहरूको संरक्षण, संवद्र्धन र विकासका लागि प्रदेश एवं सङ्घीय सरहकारको समयमै ध्यान पुग्न नसकेको स्थानीयको गुनासो छ ।
(रासस)

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.