• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष सुरु

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

–नारायण न्यौपाने
संयुक्त राष्ट्रसङ्घले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाउने घोषणा गरेअनुरुप नेपालले आजै उक्त कार्यक्रमको शुभारम्भ गरेको छ । कृषि विभागद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा कृषि विकास तथा पशुपन्छी मन्त्रालयका सचिव डा गोविन्द शर्माले ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३’को शुभारम्भ गर्नुभयो ।

Advertisement

कोदो नेपालको धान, मकै, गहुँपछि चौथो महत्वपूर्ण खाद्यान्न बाली हो । कोदोजन्य बालीमा कोदोका अतिरिक्त चिनो, कागुनो, जुनेलो, बाजरा र साँवा पर्छ । खेती गर्न सजिलो र पौष्टिकताले भरिएको अन्न बालीका रुपमा कोदोलाई लिइँदै आएको छ ।

सो अवसरमा सचिव शर्माले गाउँ र सहरबीच जोड्ने कोदो र अरू रैथाने बाली संरक्षण, प्रवद्र्धन र बजारीकरण गर्दै उपभोक्ताबीच पु¥याउनु आजको मुख्य जिम्मेवारी एवं आवश्यकता भएको बताउनुभयो । भारतको प्रस्तावमा ६५ भन्दा बढी एसियाली र अफ्रिकी मुलुकको समर्थनमा राष्ट्रसङ्घले यो वर्षलाई कोदोजन्य वर्षका रुपमा मनाउने निर्णय गरेको हो । ‘खाद्यपोषण सुरक्षा र वातावरण तथा ग्रामीण रुपान्तरणको कोदोजन्य बाली’ भन्ने मूल नाराका साथ नेपालमा पनि यस वर्ष कोदो बाली वर्ष मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक रेवतीरमण पोखरेलले लामो समयसम्म नकुहिने र नबिग्रने कोदो खाद्य सुरक्षाका हिसाबले निकै महत्वपूर्ण रहेको बताउनुभयो । मन्त्रालयका अनुसार आव २०७४/७५ मुलुकमा तीन लाख १३ हजार नौ सय ८७ मेट्रिक टन कोदो उत्पादन भएको थियो । देशको कूल खाद्यान्न बालीको क्षेत्रफलको ७ दशमलव ७ प्रतिशत हिस्सा ओगट्दै आएको छ । नेपालको तराईदेखि समुद्र सतहदेखि तीन हजार एक सय मिटरसम्मको उच्च पहाडी क्षेत्रमा कोदो खेती गरिन्छ ।

मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र विज्ञ श्रीमत श्रेष्ठले मुलुकमा खाद्यान्न उत्पादन घट्न गई आयात बढिरहेको अवस्थामा कोदोजन्य र अरू रैथाने बालीको संरक्षण र विस्तारमा सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको बताउनुभयो ।

मुलुकको ७७ जिल्लामा कोदो खेती गरिने भए पनि खोटाङ, सिन्धुली, सिन्धुपाल्चोक, बागलुङ, स्याङ्जा, कास्की, ओखलढुङ्गा र गोरखाका धेरै क्षेत्रफलमा कोदो खेती हुने गरेको छ । विश्वमा कोदोजन्य बाली उत्पादनमा भारत पहिलो नम्बरमा छ भने नेपालको स्थान १३ औँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा नेपालले करिब रु चार करोड बराबरको कोदो आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

कोदोको उत्पादन कम वर्षा र कम उर्वर भूमिमा पनि हुने भएकाले सिञ्चित र असिञ्चित दुवै खाले भू–भागमा लगाइने महत्वपूर्ण बाली हो । परम्परागतरुपमा खासगरी ढिँडो, रोटी र रक्सीमा प्रयोग हुने कोदो सहरबाहिर ग्रामीण भेगमा भने कडा परिश्रम गर्ने श्रमजीवीको पहिलो रोजाइकोे खाना हो । पछिल्लो समय कोदोको ढिँडो तारे होटलको मेनुमा महत्वपूर्ण सूचीमा पर्दै आएको छ । सरकारले कोदोजन्य उत्पादन प्रवद्र्धन गर्न मुलुकका एक सय ३३ भन्दा बढी पालिकालाई लक्षित गरी वार्षिक रु २२ करोड रकम विनियोजन गर्दै आएको छ । मधुमेह, रक्तचाप, युरिक एसिड, दम, रुघाखोकी, शरीर दुख्ने, कब्जियत, पेट दुख्ने र पखालाका रोगीका लागि पनि कोदो राम्रो खाना मानिन्छ । पौष्टिक खाद्य तत्वका हिसाबले कोदो अन्य खाद्यबालीभन्दा धेरै गुणकारी मानिँदै आएको छ । कोदोजन्य खाद्यबालीको विकासमा क्रियाशील चन्द्रकान्त चौधरी, शुभबहादुर घलान, तिलक ढकाल र सुमन दाहाललगायतले कोदोका परिकारलाई विविधीकरण गर्दै राष्ट्रिय गौरवका आयोजनाका रुपमा अघि बढाइनुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।

मुलुकमा अरुण, भदौरे, चरिकोटे, चुल्ठे, च्याल्से, चाल्ठे, डल्ले, सेतो दुधे, झुप्पे, कलोबुङे, कात्तिकैलगायत ५० भन्दा बढी जातका स्थानीय तथा उन्नत जातका ओख्ले, डल्ले, काभ्रे, सैलुङ कोदो लगाउने गरिएको छ । अरू खाद्य बालीका तुलनामा कोदोमा कम रोग लाग्ने विज्ञहरु बताउनुहुन्छ । मुसा, बाँदर र मृगलगायत जङ्गली जनावरबाट बाली जोगाउन निकै चुनौती रहेको कृषकको गुनासो छ । पछिल्लो समय कोदोका मोःमोः सबैको रोजाइमा पर्दै आएको छ । रोपेको चारदेखि पाँच महिनामा बाली भित्र्याउन तयार हुने कोदोको मुलुकमा औसत उत्पादनप्रति हेक्टर १ एक दशमलव १ मेट्रिक टन रहेको विभागले जनाएको छ । पछिल्लो समय कोदो गाउँ र सहरलाई जोड्ने महत्वपूर्ण खाद्यवस्तु र परिकार बनेको छ ।
(रासस)

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.