• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

सोह्रौँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी हुने

  •   आइतबार, पुष १७, २०७९ मा प्रकाशित

जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारीदिने उदेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ ।

Advertisement

नेपालमा पहिलो पटक हुन लागेको प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा पुस २१ गतेदेखि २३ गतेसम्म सञ्चालन हुनेछ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल जुत्ता उत्पादक सङ्घले प्रदर्शनीबारे जानकारी दिएको हो ।

प्रदर्शनी संयोजक सुरज बञ्जाडेले स्वदेशी जुत्ता, चप्पल बढी खपत हुन नसक्नु मुख्य कारण कम प्रतिस्पर्धी हुनुभएको बताउनभुयो । उहाँले भन्नुभयो, “बजार अनुगमन गर्ने क्रममा ग्राहक संगै बिक्रेतालाई समेत नेपाली उत्पादनको गुणस्तरका विषयमा कम ज्ञान भएको देखियो । प्रदर्शनीबाट सबैले जानकारी पाउन सक्नेछन् ।”

;देशभरबाट १२ उद्योगसहित पाँच हजार उद्योगी, बिक्रेताले सहभागिता जनाउने अपेक्षा गरिएको छ । प्रदर्शनीले स्वदेशी उत्पादनलाई बाह्य बजारमा समेत बिस्तार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ । प्रदर्शनीमा विदेशी कच्चपदार्थ, मेशिनरी र प्रविधिसहितको ४० भन्दाबढी कम्पनीका प्रदर्शनी कक्ष र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुनेछन् ।

सङ्घका अध्यक्ष नानीराज घिमिरेले स्वदेशी माग पूरा गर्न आत्मनिर्भर भए पनि चोरी पैठारीका कारण समस्या भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चोरी पैठारी, न्यून विजकीकरण, दक्ष जनशक्तिको अभाव र अनियन्त्रित सस्तो जुत्ताको आयातले स्वदेशी उद्योगलाई प्रभाव पारेको छ ।”

नेपाली जुत्ता, चप्पल तथा छालाजन्य वस्तु उद्योगको सङ्ख्या एक हजार ५०० रहेका छन् । नेपाली उद्योगको वार्षिक हाल पाँच करोड जोर उत्पादन गदै आएको बताउनुभयो । यस क्षेत्रमा रु ३० अर्बभन्दा बढीको लगानी र रु चार अर्बभन्दा बढी बैंक कर्जा रहेको छ ।

चालु आर्थिक वर्ष २०७७÷७८ मा चार करोड ११ लाख ४६ हजार एक सय ११ जोर जुत्ता, चप्पल आयात भएको छ । २७ लाख ६४ हजार छ सय ४३ जोर जुत्ता, चप्पल निर्यात भएको छ । उद्योगीका अनुसार ३५ प्रतिशत क्षमतामा मात्र उद्योग सञ्चालनमा आएका छन् । विश्वका १८ देशमा नेपाली चुत्ता, चप्पल निर्यात हुने गरेका छन् ।
(रासस)

आइतबार, पुष १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.