• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

पाँचपटकसम्म म्याद थप, तर सकिएन काम

  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित

भजनी
राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माणाधीन विद्युत् गृहबाट गएको असार मसान्तसम्म विद्युत् उत्पादन सुरु गरिने बताइएको थियो । सन् २०१४ मा सुरु भएको विद्युत् गृह निर्माणको काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको समयावधि पनि सर्दै गएको छ ।

Advertisement

आयोजना निर्माणमा देखिँदै आएको समस्याका कारण समयमै काम सम्पन्न हुन नसक्दा विद्युत् उत्पादनको काम प्रभावित भएको छ । हालसम्म आयोजना पाँचौँ पटक म्याद थप भएको छ । पछिल्लो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म रहेको छ । तर पछिल्लो थप गरिएको समयमा पनि विद्युत्गृह निर्माण सम्पन्न नहुने सम्भावना बढेको छ ।

आयोजनाका प्रमुख केदार श्रेष्ठले २०७८ वैशाखमा नयाँ वर्षको अवसर पारेर विद्युत् गृहमा पानी खसाउने योजना बनाउनुभएको थियो । त्यो योजना सफल नभएपछि आयोजनाको काम एक वर्ष लम्बियो । पछिल्लो पटक असोज महिनामा आएको बाढीले विद्युत्गृह निर्माणको काममा क्षति पु¥याएका कारण समयमै काम सम्पन्न हुन नसकेको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिनुभयो ।

उहाँले जडान भइसकेका उपकरण पुनः मर्मत गर्नुपर्ने भएकाले काममा ढिलाइ बताउनुभयो । “जडान भएको सामान बाढीले क्षति पु¥याएपछि झिकेर मर्मत गर्नुपर्ने भयो”, सूचना अधिकारी लासिबाले भन्नुभयो, “त्यसभन्दा पहिले विद्युत्को सामान आयातमा समय लागेकाले पनि समयमा काम सम्पन्न हुनसकेन ।”

तुन्दी कन्स्ट्रक्सनले जिम्मा पाएको विद्युत्गृह निर्माणको काममा बेलाबेलामा विभिन्न अवरोध खेप्नु परेको कम्पनीका इञ्जिनीयर उदय पोख्रेल बताउँनुहुन्छ । उहाँकाअनुसार सुरुका दुई वर्ष वन विभागले रुख काट्न आदेश नदिएका कारण निर्माणको काम रोकिएको थियो ।

बाढीले जडान भएका सामानमा क्षति पु¥याउँदा त्यसलाई पुनः खोलेर जडान गर्नुपर्ने भएपछि काममा ढिलाइ भएको उहाँले बताउनुभएको छ । “काम रोकिएको छैन । निरन्तर भइरहेको छ”, इञ्जिनीयर पोख्रेलले भन्नुभयो, “समयसमयमा देखा परेका समस्याका कारण आयोजनाको काम लम्बिएको हो ।” उहाँले आयोजनाको म्याद चैतसम्म मात्रै भए पनि सबै काम सम्पन्न गरेर विद्युत् उत्पादन गर्न अझै असारसम्म लाग्ने बताउनुभएको छ । “एउटै काम दोहो¥याएर गर्नुपर्दा समय लाग्ने भएको हो”, पोख्रेल भन्नुहुन्छ, “आयोजनाको करिब ९३ प्रतिशत काम सम्पन्न भइसकेको र। असार मसान्तसम्म सहजरूपमा सम्पन्न हुन्छ ।”
विद्युतगृह नेपाल सरकारको करिब रु ९० करोडको लागतमा निर्माण हुन लागेको हो । करिब रु ८० करोड लागतमा निर्माण हुने भनिए पनि आयोजनाको पछि डिजाइन परिवर्तन भएपछि रु १० करोड लगानी थप भएको हो । यसबाट ४ दशमलव ७१ मेघावाट विद्युत् उत्पादन हुने बताइएको छ ।
यहाँ उत्पादित विद्युत् आयोजना क्षेत्रभित्रका बासिन्दालाई उपभोगका लागि वितरण गर्ने आयोजनाको उद्देश्य छ । आयोजनाले विद्युत्बाट भएको आम्दानीले सिँचाइ आयोजना मर्मत सम्भार लगायतका काममा खर्च गर्न सकिने जनाएको छ ।
(रासस)

सोमबार, पुष १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.