• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

कानुन निर्माणअघि वृहत अध्ययन जरुरी : अध्यक्ष तिमिल्सिना

  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताउनुभएको छ ।

Advertisement

नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरुसँग नेपालको सार्वजनिक नीति विषयक नीति संवाद’ कार्यक्रममा उहाँले अध्ययन गरेर मात्र विधेयक बनाउनुपर्ने र त्यसले दीर्घकालीनरुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगार तथा परराष्ट्र नीतिजस्ता क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र सरोकारवालासँगको गहन छलफल जरुरी छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “एक पटक बनाएको कानुन जुनसुकै सरकार वा पार्टीलाई पनि मान्य खालको होस, त्यसले देशको हित गरोस् ।”

राष्ट्रियसभाले अत्यन्तै मेहनत गरेर तयार गरेका पाँच वा विधेयक शून्य अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “धेरै लगानी र मेहनत गरेर पाँच वटा विधेयक बनाइएको थियो, ती विधेयक म प्रधानमन्त्री कहाँ लिएर जान्छु, र त्यसलाई पुनः ल्याउन आग्रह गर्छु ।”

अध्यक्ष तिमिल्सिनाले नीति अनुसन्धान गर्ने स्थानमा बसेका व्यक्तिले राष्ट्रका लागि तटस्थ भएर वौद्धिकता प्रस्तुत गरी काम गर्नुपर्ने बताउनुभयो । त्यसले देशको समग्र विकासमा सहयोग पु¥याउने गरी काम गर्नुपर्ने उहाँको जोड छ ।

राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले विधेयक बनाउन संविधानले अवलम्बन गरेको सहकार्य, समन्वय र सहअस्तित्वको नीति अपनाउनुपर्ने बताउनुभयो । उहाँले प्रभाव र पहुँचका आधारमा रातारात कानुन बनाउन नहुने सुझाव पनि दिनुभयो ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले संसद्ले बनाएको कानुनको अक्षरशः पालना गरेर जानुपर्नेमा जोड दिँदै कानुनमा एक थरी र व्यवहारमा अर्को थरी हुन नहुने बताउनुभयो ।

दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले राज्यले कानुन बनाउन आवश्यक ठानेका विषयलाई वृहत अध्ययन, अनुसन्धान गर्नुपर्ने र कानुन बनाउने जनप्रतिनिधिले पनि कानुन निर्माणको कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभाका सांसदहरु गङ्गाकुमारी बेल्बासे, नरबहादुर विष्ट, डा बिमला राई पौडेल, भैरवसुन्दर श्रेष्ठलगायतले कानुन बनाउन आवश्यक पर्ने विषयमा विषय विज्ञ, सरोकारवाला निकायसँग गहन छलफल गरेर मात्र अन्तिम रुप दिनुपर्ने सुझाव दिनुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डा विष्णुराज उप्रेतीले प्रतिष्ठानको परिचय, उद्देश्य प्रस्तुत गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, विकास निर्माण, सुरक्षा, परराष्ट्र सम्बन्ध तथा शासकीय सुधारका क्षेत्रका विभिन्न पक्षमा सरकारले अपनाइएको विभिन्न नीति अध्ययन, विश्लेषण र अनुसन्धान गरी सुधार गर्नुपर्ने विषयमा सरकारलाई सिफारिस गर्ने गरेको जानकारी दिनुभयो ।
(रासस)

सोमबार, पुष १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.