• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम

  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित

गण्डकी
अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीनदिने तालिम सुरु भएको छ ।

Advertisement

युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)द्वारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्रद्वारा संयुक्तरूपमा आयोजित तालिममा व्यवसायीले निर्यात प्रक्रिया तथा पालना गर्नुपर्ने विषयबारे क्षमता अभिवृद्धि गर्नेछन् ।

तालिमको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले व्यवसायीले कफी निर्यातका लागि चाहिने नीतिगत सुधारबारे सरकारलाई लिखितरूपमा जानकारी दिन आग्रह गर्दै आगामी बजेटमा त्यसको उचित सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय बजारको माग र गुणस्तरअनुसारको उत्पादन तथा आपूर्ति क्षमता बढाउनुपर्नेमा जोड दिँदै उहाँले निर्यात प्रवद्र्धनका लागि साना तथा मझौला व्यवसायका लागि विशेष व्यवस्था गरी निर्यातमा सहजीकरण गर्ने नेपाल सरकारको प्राथमिकता रहँदै आएको उल्लेख गर्नुभयो ।

मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले स्वदेशी तथा विदेशी बजारमा कफीको उच्च माग रहेको जनाउँदै उत्पादन र निर्यात प्रवद्र्धनमा दातृ निकाय, व्यवसायी र सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । टिइपिसीका कार्यकारी निर्देशक शरद्विक्रम राणाले सरकारी निकाय, दातृ निकाय र व्यवसायीबीच अन्तक्र्रियामार्फत कफी क्षेत्रका समस्याका समाधानका लागि उपाय खोजिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कफी रू एक हजार सात सयप्रति किलोमा निर्यात हुने गरेको भए पनि आयात रू तीन सय ९१ प्रतिकिलो हुने गरेको जानकारी उहाँले दिनुभयो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार नेपालमा वार्षिक तीन सय ५५ टन कफी उत्पादन हुने गरेको छ ।

युरोपियन युनियनका वरिष्ठ कार्यक्रम व्यवस्थापक मीम हमालले नेपाल सन् २०२६ सम्म अतिकम विकासित मुलुकको स्तरमा पुगेपछि देखिने अन्तर्राष्ट्रिय बजारका चुनौतीको सामना गरी निर्यात प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय बजारका आवश्यकता र गुणस्तरअनुसारको उत्पादन अभिवृद्धि गर्न कार्यशाला सहयोगी बन्ने बताउनुभयो ।

इयु टिआइपी÷आइटिसीका कार्यक्रम संयोजक डा विदुर घिमिरेले नेपालमा कफी क्षेत्रमा संलग्न सुक्ष्म, साना तथा मझौला उत्पादक तथा निर्यातकर्ताको उत्पादन क्षमता बढाइ अन्तर्राष्ट्रिय बजार सम्पर्क तथा पहुँच वृद्धि गर्न कार्यशालाले सहयोग पु¥याउने बताउनुभयो । यस्ता कार्यशालाले नेपाली कफीको अन्तर्राष्ट्रिय तथा क्षेत्रीय बजारको मूल्य शृङ्खलामा थप पहुँच पु¥याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कफी उत्पादक महासङ्घका अध्यक्ष ओम अधिकारीले नेपालमा हाल १२ लाख हेक्टरमा कफीको खेती गर्न सकिने भए पनि हाल दुई हजार छ सय हेक्टरमा मात्र खेती भइरहेको जानकारी दिनुभयो । नेपाली कफीको दिगो निर्यातका लागि गुणस्तरमा ध्यान दिनुपर्ने तथा किसानलाई विशेष सुविधा दिएर आकर्षित गर्नुपर्नेमा उहाँको जोड छ ।

तालिमका क्रममा कफी क्षेत्रका बारेमा जानकारी, युरोपियन युनियन र संयुक्त राज्य अमेरिकामा कफीको निर्यातको अवस्था, कफी निर्यातको प्रक्रिया र आवश्यक कागजात, कफी निर्यात प्रवद्र्धनका लागि व्यापार सहजीकरण तथा बजार प्रर्वद्धन कफी बजार विश्लेषणका आधुनिक विधि, नेपालका लागि तयार गरिएको ट्रेडम्याप तथा नेपालबाट कफी निर्यातका सम्भावना र सम्भावित गन्तव्यबारे जानकारी गराइएको थियो ।

कार्यशालामा गोरखा, स्याङ्जा, लमजुङ, गुल्मी, पाल्पा, कास्कीलगायतका जिल्लाका १३ महिलासहित ३० कफी उत्पादक तथा निर्यातकर्ता सहभागी रहेको आयोजकले जनाएको छ ।
(रासस)

सोमबार, पुष १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.