• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

शिविरले ज्येष्ठ नागरिक र अशक्तलाई राहत

  •   सोमबार, पुष १८, २०७९ मा प्रकाशित

रामपुर
नरबहादुर रानालाई मिर्गौलासम्बन्धी समस्याले घरदेखि टाढा कामकाजमा आवतजावतमा निकै समस्या छ । डेढ वर्षदेखि मिर्गाैैलासम्बन्धी रोगले ग्रसित रानाले काम विशेषले बाहिर जानुपरेमा एक जना सहयोगीको साहारा लिनुपर्छ । करिब दुई दशकअघि भारतीय सेनाबाट अवकाश लिनुभएका ६५ वर्षीय राना अहिले मिर्गाैलाको नियमित उपचारमा हुनुहुन्छ ।

Advertisement

अस्पताल तथा घरमा पालैपालो स्वास्थ्योपचार तथा आराममा रहनुभएका रानालाई आफूले खाँदै आएको पेन्सन पट्टा (जीवित प्रमाणपत्र) नवीकरणको समय नजिकिँदै गर्दा पिरोल्थ्यो । नवीकरण गर्न कसरी कुन व्यक्ति साथमा लिएर जाने समस्याले बिरामी अवस्थामा उहाँलाई तनाव झेल्नुपर्ने समस्या थियो ।

पहिलो पटक रामपुरमै पेन्सनपट्टा नवीकरण शिविर बसेपछि भने ठूलो राहतको उहाँले अनुभूति गर्नुभएको छ । “हरेक वर्ष पेन्सनपट्टा आफैँ तानसेन वा पोखरा गएर नवीकरण गर्नुपर्दा धेरै दुःख झमेला झेल्नुपर्ने”, उहाँले भन्नुभयो, “आवतजावतमा खर्च, भनेको समयमा काम नबन्दा कहिलेकाहीँ त्यत्तिकै फर्कनुपथ्र्यो, अहिले गाउँमै सेवा पाउँदा हामीजस्ता रोगी ज्येष्ठ नागरिकलाई धेरै सजिलो भयो ।”

पेन्सन सेवा उपभोग गर्ने अवकाश प्राप्त व्यक्ति तथा निजका श्रीमती, परिवारका सदस्यले हरेक वर्ष आफैँ उपस्थित भएर तानसेन वा पोखरा आफूलाई पायक परेको ठाउँमा पुगेर नवीकरण गर्नुपर्नेछ । ज्येष्ठ नागरिक, बिरामी, अशक्त व्यक्तिलाई सो ठाउँमा व्यक्ति आफैँ उपस्थित भएर नवीकरण गर्न सडक समस्या, आउने जाने झण्झटले सधैँ पिरोल्ने गर्दथ्यो । अठार वर्षदेखि श्रीमान्का नामबाट पेन्सन खाँदै आउनुभएकी ८० वर्षीय विष्णादेवी दर्लामी सधँै अरुको साहारामा नवीकरण गर्न जानुहुन्थ्यो ।

सामान्य पढाइ लेखाइको अभाव अर्कोतर्फ बुढ्यौली उमेरले गर्दा उहाँलाई एक्लै पेन्सनपट्टा नवीकरण गर्ने ठाउँमा पुग्नसक्ने परिस्थिति सहज छैन । अरुको साहारा लिएर अन्यत्र जानुपर्दा धेरै समस्या हुने गरेको उहाँको अनुभव छ । “आफू एक्लै हिँड्न नसकिने, अरुलाई लिएर जानुपर्दा कहिलेकाहीँ अप्ठ्यारो, गाडीमा टाढाको बाटो यात्रामा सकस, अहिले जस्तै सधैँभरि गाउँमै शिविरमार्फत नवीकरण गर्ने सुविधा भए हामीजस्ता ज्येष्ठ नागरिकलाई धेरै सजिलो हुनेछ”, उहाँले भन्नुभयो ।

रामपुरमा बसोबास गर्ने भारतीय पेन्सनवालालाई लक्षित गरेर पहिलो पटक पेन्सनपट्टा (जीवित प्रमाणपत्र) शिविर आयोजना गरिएपछि धेरैले राहतको अनुभूति गरेका छन् । आदर्श भूपू सैनिक संस्था रामपुर पाल्पाको आयोजनामा हालसालै यहाँ भएको शिविरमा उत्साहजनकरुपमा सहभागी भई सेवाग्राहीले सेवा लिएका छन् । जिल्ला सैनिक बोर्ड चिलाङ्दी पाल्पा र पेन्सन वितरण कार्यालय पोखराको समन्वयमा रामपुरमा शिविरमार्फत पहिलो पटक सो सेवा दिइएको छ ।

भारतीय अवकाश प्राप्त सैनिक तथा निजको पेन्सन उपभोग गर्दै आइरहेका श्रीमती, परिवारका सदस्यले हरेक वर्षको सेप्टेम्बर, अक्टुबर र नोभेम्बर तीन महिनाभित्र तोकिएको कार्यालयमा पुगेर व्यक्ति स्वयं उपस्थित भई नवीकरण गरिसक्नुपर्छ । जिल्ला सैनिक बोर्ड चिलाङ्दी पाल्पामा शिविरमार्फत नवीकरण सेवा दिइए पनि सो शिविरमा विविध कारणले सेवा लिन जान नभ्याएका, बिरामी, अशक्तले पोखरा नै पुगेर सेवा लिँदै आएको आदर्श भूपू सैनिक संस्था रामपुरका अध्यक्ष पूर्णबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार रामपुर क्षेत्रमा मात्रै भारत सरकारबाट पेन्सन सुविधा लिने करिब दुई हजार पाँच सय रहेका छन् । भारतको राजदूतावास पेन्सन वितरण कार्यालय पोखराको सहायक सैनिक सहचारी (पेन्सन) तथा प्रमुख सेनानी शशाङ्क त्रिपाठीले रामपुरमा छिट्टै एसविआइ बैंकको सेवा विस्तार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहरीकणतर्फ अगाडि बढेको रामपुरमा एसविआइ बैंकको आवश्यकता आफूले पनि महसुस गरेको हुँदा उहाँले यो क्षेत्र पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ भएको बताउनुभयो ।

रामपुरमा धेरै भूपुहरुको बसोबास रहेको र पेन्सन लिनका लागि तानसेन, बुटवल, वालिङ, पोखरालगायतका स्थानमा जानुपर्ने बाध्यता छ । रामपुरमै नियमितरुपमा पेन्सन लिन पाउने व्यवस्था भए आफूलाई आवश्यक परेको समय रकम उपयोग गर्न पाउने पेन्सन उपभोगकर्ताको भनाइ छ । यहीँ एसविआइ बैंक स्थापना गर्न उनीहरुले सम्बन्धित निकायमा माग गरिरहेका छन् ।
(रासस)

सोमबार, पुष १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.