पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफका विदेश मामिला सहायक सैयद तारिक फातेमीबीच भेटवार्ता भएको छ । राजदूत अधिकारी र फातेमीबीच सोमबार इस्लामावादस्थित उनको कार्यालयमा नै भेट भएको हो ।
Advertisement
राजदूत अधिकारी र फातेमीबीचको भेटमा नेपाल–पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध र यसको ऐतिहासिक विकासका बारेमा छलफल भएको छ । राजदूत अधिकारीका अनुसार भेटका क्रममा सार्कका विषयमा समेत छलफल भएको थियो ।
‘भेटमा दक्षिण एसिया क्षेत्रमा क्षेत्रीय सहकार्य र दक्षिण एसियाली सहयोग संग्ठन सार्कलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत छलफल भयो,’ राजदूत अधिकारीले भेटका बारेमा भने, ‘फातेमीले अन्तिम समयमा आएर इस्लामावादमा हुने भनिएको सार्क सम्मेलन रोकिएकोमा दुःख समेत व्यक्त गर्नुभयो।’