• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा

  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित

गलकोट
सरासर पुनःनिर्माणको काम भए ३० महिनापछि उच्च अदालत पोखरा बागलुङ इजलासले सुविधासम्पन्न भवन पाउनेछ । भूकम्पको चपेटामा परेको उक्त इजलासको भवन निर्माण थालिएपछि अहिले उच्च अदालतको सेवा बागलुङ जिल्ला अदातलबाटै दिन थालिएको छ ।

Advertisement

विसं २०७२ को भूकम्पले कमजोर बनाएको भवन भत्काएर सात वर्षपछि नयाँ भवन निर्माण गर्न थालिएकाले अहिले उच्च अदालतको सेवा जिल्ला अदालतकै भवनबाट दिन थालिएको हो । जिल्ला अदालतले आफ्नै भवन निर्माण गरेको जम्मा दुई वर्ष भयो । भाडाको भवनबाट जिल्ला अदालतको सेवा दिँदै आइएकामा सुविधासम्पन्न तीनतले पक्की भवन बनेपछि बागलुङ नगरपालिका–२ रुद्रेपिपलबाट आफ्नो सेवा दिइरहेको थियो । एक महिनादेखि जिल्ला अदालतको भवनबाटै उच्च अदालतको सेवा पनि दिन थालिएको उच्च अदालतका रजिष्ट्रार नेत्रप्रसाद भुसालले जानकारी दिनुभयो ।
“मङ्सिरको २८ गते कायममुकायम प्रधानन्यायाशीश हरिकृष्ण कार्कीले उच्च अदालतको भवन पुनःनिर्माणका लागि शिलान्यास गर्नुभएको थियो, हामीले त्यसअघि नै उच्च अदालतको सेवा जिल्ला अदालतको दोस्रो तलाबाट दिन थालिरहेका थियौँ, न्याय सम्पादनमा एक दिन पनि असर नपर्ने गरी उच्च अदालतको सेवा अहिले एक महिनादेखि जिल्ला अदालतबाट दिन थालेका छौँ भने आवासलाई भाडाको घरमा पु¥याएका छौँ”, उहाँले भन्नुभयो, “जिल्ला अदालतको तीनतले भवनमाथि हामीले एक तला ट्रस्ट हालेका छौँ, पक्की भवनको दोस्रो तलासमेत हामीले प्रयोग गर्दै आएका छौँ, नागरिकले एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा पाएका छन्, जिल्ला अदालतको भवन नयाँ र फराकिलो भएकाले सेवा दिनलाई कुनै समस्या छैन ।”

रजिष्ट्रार भुसालका अनुसार ३० महिनाभित्रै उच्च अदालतको भवन पुनःनिर्माण सक्ने गरी अहिले धमाधम काम भइरहेको छ । अहिले उच्च अदालतको भवन निर्माणका लागि पुरानो जीर्ण भवन भत्काएर नयाँ भवनका लागि जग खन्ने कार्य सम्पन्न भइसकेको छ ।

अदालतको मुख्य भवन तथा आवास निर्माणका लागि रु ५७ करोड ४२ लाखमा काठमाडाँैस्थित श्यामसुन्दर पशुपति जेभीले ठेक्कामार्फत काम थालेको हो । उक्त इजलासको भवन पुनःनिर्माण गर्न बजेट अभावका कारण सात वर्षपछि मात्रै थालिएको त्यहाँका मुख्य न्यायाधीश कृष्ण गिरीले जानकारी दिनुभयो ।

भूकम्पपछि जिर्ण भवन प्राविधिक दृष्टिले निकै खतरापूर्ण भए पनि सात वर्षदेखि जोखिम मोलेरै न्याय सम्पादन भइरहेकामा अहिले बल्ल पुनःनिर्माण थालिएको हो । बागलुङ नगरपालिका–२ स्थित सात रोपनी जग्गामा रु ५७ करोडको लागतमा सुविधासम्पन्न उच्च अदालतको भवन र सामूहिक आवास, अथितिगृहलगायत संरचान एकैसाथ निर्माण थालिएको छ ।

प्राविधिकरूपमा बस्नै नमिल्ने अदालतको भवनलाई सामान्य मर्मतसम्भारपश्चात् अहिलेसम्म सेवा दिँदै आइएको थियो । जिल्ला अदालतको भुइँतला र पहिलो तलाबाट जिल्ला अदालतको सेवा र दोस्रो तला र छतमा बनाइएको ट्रस्टको छाप्रोबाट उच्च अदालतको सेवा दिइएको छ ।

नयाँ निर्माण हुने उच्च अदालतको भवन प्रविधिमैत्री, अपाङ्गतामैत्री, भूकम्प प्रतिरोधी हुनाका साथै बागलुङ बजारमा निर्माण भइरहेका अन्य भवनभन्दा ठूलो र आधुनिक भएको सघन सहरी तथा भवन निर्माण कार्यालयका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अन्डरग्राउण्डसहित साढे छ तलाको उक्त भवनमा विद्युतीय लिफ्टको समेत व्यवस्था छ । भवनसँगै दुई–दुई तलाका अन्य भवन र अथितिगृहसमेत निर्माण गरिनेछन् । दुईवटा इजलास रहेको उच्च अदालतमा नयाँ भवन निर्माणसँगै छवटा इजलास कक्ष हुनेछन् । तीस महिनाभित्र भवन निर्माण सक्ने गरी पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरिएको थियो ।

(रासस)

बुधबार, पुष २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.