• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

आजदेखि देशभर चरा गणना सुरु, चितवनमा भोलिदेखि

  •   शनिबार, पुष २३, २०७९ मा प्रकाशित

भरतपुर, २३ पुस ।

Advertisement

नेपालमा पानी आश्रित चराको गणना थालिदै छ । नेपालका नदी , तालतलैया र सिमसार सहित ६० क्षेत्रमा चरा गन्न लागिएको हो । शनिवारदेखी नेपालभरका १५ वटा नदी र ४० वटा सिमसार क्षेत्रमा पानी चराको गणना सुरु हुनेछ ।

चितवनमा भने आइतबारबाट चरा गणना गरिने छ । चितवनमा वर्ड एजुकेशन सोसाइटीले गणनाको संयोजन गरेको छ । लोथरबाट जिन्दगानीघाट, जिन्दगानीघाटबाट सौराहाघाट र सौराहाघाटदेखी कसरापुलसम्म तीन वटा अलग अलग टोली खटाएर एकैसाथ गणना गर्न लागिएको सोसाइटीका पूर्व अध्यक्ष बासु विडारीले बताए । निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिन्छ । त्यस्तै ढुङ्ग्रे खोला बुढी राप्ती, बिसहजारी ताल, माडीको रिउ खोलामा पनि गणना हुनेछ ।

“अघिल्लो वर्षहरूमा हामीले धेरै दिन लगाएर गरेका यियौं । यसपटक एकै पटक टोली विभाजन गरेर एकैसाथ गणना गर्दैछौं,” विडारीले भने, “एकैदिन गर्नुको कारण चराहरू दोहोरिन नसक्ने हुँदा सही तथ्याङ्क आउनेछ ।”

चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ । क्यामेरा, वाइनोकुलर र टेलिस्कोपको प्रयोग गरिन्छ । डुङ्गामा चढेर नदीका आसपास भएका चरा गन्दै जान्छन् । आफुलाई कटेर पछाडी गएका चरा गणना गरिन्छ । चितवनमा चरा गणनाको लागी आठवटा टिम तयार गरिएको छ ।

“गणनाको तात्पर्य चरा मात्रै होइन, त्योसँग जोडिएको वातावरण , खोलानाला , तालतलैया , कस्तो अवस्थामा छन् , किन प्रदूषित हुँदै गए भन्ने कुराको पनि खोजी हुन्छ,” वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष रहेका चराविद् टिकारम गिरीले भने, “फोहोर गर्न हुँदैन । त्यसले मानिसलाई पनि असर गरेको कुराको सन्देश दिन्छ ।”

नेपालमा सन् १९८७ देखि चरा गणना थालिएको हो । हरेक वर्ष जनवरी सातदेखी २२ सम्म पानीचरा गणना गरिन्छ । पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन गणना गरिदै आएको हो । गणना गरेर सकेपछि प्रतिवेदन तयार गरिन्छ । गणनाले चरा सरंक्षणका नीति तथा कार्यक्रम बनाउन टेवा पुग्ने चराविद् डा. हेमसागर बरालले बताए ।

नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना गरिन्छ । कोशी, जनकपुर, हेटौंडा, चितवन, नवलपुर, लुम्बिनी, दाङ, बर्दिया, कञ्चनपुर, कैलाली, कास्की, काठमाडौं, भक्तपुरमा गणना हुनेछ । गणनामा चराविद् सहित साढे तीन सय जना स्वयंसेवी रूपमा सहभागी हुने बरालले बताए ।

“यो कुनै प्रोजेक्ट होइन । आफै स्वयंसेवकको रूपमा खटिन्छन्, ” उनले भने, “नागरिक आफै वैज्ञानिकको रूपमा अगाडि बढेको हुन्छ । यसमा आफै बजेट व्यवस्थापन गरेर चराको लागि काम गर्छन् ।”

जाडो छल्न साइबेरिया, तिब्बतबाट चरा नेपाल आउँछन् । साइबेरीया, अष्ट्रेलिया, लगायतका देशबाट उत्तरी सीमा हुँदै नेपालमा चरा आउने गर्दछन् । गर्मी लागेसँगै ती चरा फर्कने गर्दछन् । जाडोमा आउने चरा हाँस प्रजातिका हन्छन् । हिउँका कारण खान नपाएपछि नेपाल आउँछन् ।

शनिबार, पुष २३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.