• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
बुधबार, फागुन २०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

लोकप्रिय समाचार

चीन-नेपाल रणनीतिक साझेदारीमा भूमिका खेल्नेछु : नवनियुक्त चिनियाँ राजदूत

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन् सोङ्गले नेपाल र चीन दुई देशका नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।

Advertisement

नेपालका लागि चीनका २२ औं राजदूतका रूपमा काम गर्न आइतबार काठमाडौं आइपुगेका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि दुई देशबीच हार्दिक सम्बन्धको विकास गर्न चीन सधैं इच्छुक रहेको बताए । उनले नेपालमा सबैसँग मिलेर काम गर्न चाहेको पनि धारणा राखे ।

‘नेपालमा रहँदा सबैसँग निकट सम्बन्ध बनाउँदै दुवै देशका नागरिकको लाभका निम्ति काम गर्नेछु’, उनले भने, ‘मेरो कार्यकालमा मैले चीन–नेपाल रणनीतिक साझेदारीमा नयाँ अध्याय थप्ने गरी भूमिका खेल्नेछु ।’

यसअघि राजदूत होउ यान्छीका पालामा नेपालमा चीनले आन्तरिक राजनीतिमा खेल्न खोजेको भनेर आलोचनासमेत भएको थियो । २०७४ सालको निर्वाचन र त्यसपछि बनेको नेकपा एमाले र माओवादी केन्द्रको सरकार निर्माण र दुई पार्टीको एकतामा चीनको महत्वपूर्ण भूमिका रहेको आरोपसमेत लागेको थियो ।

चीनको कम्युनिस्ट पार्टी र त्यसका नेता सी जिनपिङ विचारधाराको विषयमा तत्कालिन एकीकृत पार्टी नेकपाले आफ्ना कार्यकर्तालाई प्रशिक्षण समेत दिएपछि थप चर्चाको विषय बनेको थियो ।

नयाँ राजदूत छेनले दुवै देशमा राजनीतिक दलका महाधिवेशन र आम निर्वाचनमार्फत नयाँ नेतृत्व आएको भन्दै यसले नेपाल र चीनको पुरानो मित्रतामा सहकार्यको नयाँ आयम थपिने बताए । उनले सार्वभौमिकता, राष्ट्रिय अखण्डताको रक्षा, आन्तरिक र बाह्य सहकार्यका विषयमा समेत चीनले नेपाललाई दृढतापूर्वक सहयोग गर्ने बताए ।

नवनियुक्त राजदूत छेन् यसअघि चिनियाँ विदेश मन्त्रालयको एसिया विभागका उपमहानिर्देशक थिए । उनी चीनको विदेश मन्त्रालयअन्तर्गत रहेको एसिया मामिला विभागमा रहेका पाँच जना उपमहानिर्देशकमध्ये एक थिए । उनले नेपाल र अफगानस्तानसहित दक्षिण एसियाली मुलुकहरू हेर्दै आइरहेका थिए ।

नेपालका लागि चीनकी पूर्वराजदूत होउ यान्छीले सन् २०१८ को डिसेम्बरदेखि चार वर्षसम्म नेपालमा राजदूतका रूपमा काम गरेकी थिइन् । उनको कार्यकालमा सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमण गर्नुका साथै केही विकास साझेदारीमा हस्ताक्षर भएको थियो ।

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

लोकप्रिय

भर्खरै

  • १.
    आदिकवि भानुभक्त माविले मनायो ५७ औं स्थापना दिवस, शिक्षामा संधै अगाडी

  • २.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • ३.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ४.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ५.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ६.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ७.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ८.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

Copyright ©2026 Satisal | All rights Reserved.
 Website By :  nwTech.