• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शनिबार, असोज ११, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा आजदेखि जलपक्षी गणना

  •   आइतबार, पुष २४, २०७९ मा प्रकाशित

चितवन
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आजदेखि जलपक्षी गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना सुरु गरेको हो ।

Advertisement

चितवनमा आजदेखि गणना सुरु भएको वर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु विडारीले जानकारी दिनुभयो । पूर्वी चितवनमा वर्ड एजुकेसन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ ।

सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार आज बिहान सौराहामा संक्षिप्त कार्यक्रमको आयोजना गरी आठ ठाउँबाट गणना थालिएको छ । लोथरदेखि जिन्दगानीघाटसम्म हिँडेर एउटा टोलीले गणना सुरु गरेको छ । जिन्दगानीघाटबाट हिँडेर र डुङ्गा चढेर राप्तीघाटसम्म दोस्रो टोलीले गणना गरिरहेको छ । राप्ती घाटबाट कसरासम्म र लमोरताल एवं लामितालसम्म तेस्रो टोलीले गणना गरिरहेको उहाँले जानकारी दिनुभयो । सो टोलीले डुङ्गा र गाडीबाट गणना गर्दैछन् ।

चौँथो टोलीले बुढीराप्तीबाट झोलुङ्गे पुलको तल खोरसोरसम्म गणना गरिरहेको छ । पाँचौँ टोलीले जम्कौली सामुदायिक वनको ढुङ्ग्रेखोला क्षेत्रमा गणना गरिरहेको छ । छैठौँ टोलीले पुरानो पदमपुर क्षेत्रको पटना ताल क्षेत्रमा गणना गरिरहेको छ ।

सातौँ टोलीले गाडीबाट बीस हजारी र वरपरका तालमा गणना गरिरहेको छ । आठौँ टोलीले भण्डाराको मत्स्य विकास केन्द्र क्षेत्रमा गणना गरिरहेको गिरीले जानकारी दिनुभयो । सोमबार दिव्यनगर र माडीको रिउ खोला क्षेत्रमा गणना गरिने छ ।

गणनामा बर्ड एजुकेसन सोसाइटीका सदस्य, प्राध्यापक, कलेजका विद्यार्थी, गाईड, फोटोग्राफर, पत्रकार, व्यवसायी सहभागी छन् । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । त्यसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् ।
(रासस)

आइतबार, पुष २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.