• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

न्यूनतम कार्यक्रमको कार्यान्वयनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनको कार्ययोजना एक महिनाभित्र बनाउन सचिवहरुलाई निर्देशन दिनुभएको छ । “सबै सचिवले आ–आफ्नो मन्त्रालयभित्र यो कार्यक्रमलाई कसरी कार्यान्वयन गर्न सकिन्छ, एक महिनाभित्र कार्ययोजना प्रस्तुत गर्नुपर्ने छ”, सचिवलाई निर्देशन दिँदै उहाँले भन्नुभयो ।

Advertisement

सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गर्न आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा उहाँले सरकारले विश्वासको मत पाएपछि न्यूनतम् साझा कार्यक्रम दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो पटक हामीलाई राष्ट्र र जनताको पक्षमा, सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा दृढताका साथ अगाडि जानुको पक्षमा कुनै विकल्प छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सत्ता साझेदार दलहरुको एकताको आधार भएको उल्लेख गर्दै उहाँले सामाजिक, आर्थिक, राष्ट्रिय, शिक्षा, स्वास्थ्य, रोजगारी, परराष्ट्र नीतिसम्बन्धी सबै विषय कार्यक्रममा समेटिएको बताउनुभयो ।

सरकारको योजना के कसरी अगाडि बढ्छ भन्ने कुरा कार्यक्रममा स्पष्ट आएको जनाउँदै उहाँले सबैले दुविधारहित ढङ्गले यसलाई दृढतापूर्वक कार्यान्वयन गरेर लैजानुपर्ने बताउनुभयो । “जे हिसाबले हामीले नीतिगत प्राथमिकता तोकेका छौँ, कार्यक्रम बनाएको छौँ हामीले त्यसमा प्रतिबद्धता जाहेर गरेका छौँ, त्यसलाई लागू गरेरै छाड्छौँ”, उहाँले प्रश्न गर्नुभयो, “कसैको डर, त्रास र प्रलोभनमा नपरी राष्ट्र र जनताका निम्ति सिङ्गो सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको छ । अब पनि नगरे कहिले गर्ने ?”

सरकारले ल्याएको साझा कार्यक्रम कुनै पनि अवस्थामा बेवारिसे नहुने दाबी गर्दैै उहाँले भन्नुभयो, “हामी त्यसो हुन दिने छैनौँ, कर्मचारीले पनि त्यसलाई पहिले जस्तै भन्ने त होला नि नेताहरुले भन्ने नठान्नुहोला ।” साझा कार्यक्रम सरकारलाई दिशानिर्देश गर्ने महत्वपूर्ण दस्तावेजका रुपमा रहेको उहाँको भनाइ छ । “हामीले यो पटक राम्रो काम गर्ने, नराम्रो गर्नै नदिने, बेथितिहरुलाई नियन्त्रण गरेर लैजाने प्रतिबद्धताअनुसार सरकार अगाडि बढेको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

‘अर्थतन्त्र सम्हालिन सक्ने ठाउँमै छ’
प्रधानमन्त्री दाहालले मुलुक आर्थिक र राजनीतिक रुपमा अप्ठ्यारो अवस्थामा छ भनिने गरे पनि वास्तवमा त्यस्तो अवस्था नरहेको दाबी गर्नुभयो ।

“देश सङ्कटमा छ भन्ने कुरा होइन, देश केही अप्ठ्यारोमा भए पनि हामी यसलाई सम्हाल्न सक्ने ठाउँमा छौँ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र सम्हालिन सकिने ठाउँमा छ । हामी सबैले दृढ इच्छाशक्तिका साथ एकताबद्ध भएर अगाडि बढ्दा साँच्चै नै देशको मुहार फेर्न सक्छौँ ।”

राजनीतिक स्थायित्व र आर्थिक समृद्धि सबैको इन्मान्दार प्रयत्नले मात्र सम्भव भएको उहाँको भनाइ छ ।
(रासस)

सोमबार, पुष २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन
सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद
सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.