• समाचार
  • आर्थिक
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • मल्टीमिडिया
×
शुक्रबार, असोज १०, २०८२
☰
    • समाचार
    • आर्थिक
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • मल्टीमिडिया
  • भर्खरै

भर्खरै

भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

शोकमा दुई दिन बिदा दिने शैक्षिक संगठनकाे निर्णय

चितवनमा विद्यार्थीको पोषाकमा सिण्डिकेटको आरोप, व्यवसायीले गराए शिक्षा मन्त्रीको ध्यानाकर्षण

खाजा खर्च जोगाएर अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

आज बिहान ८ बजे बस्ने शिक्षक र सरकारबीचको वार्ताले सहमति गर्ने तयारी

स्ववियु निर्वाचनको सन्दर्भमा जय नेपाल फाउनडेशनको बहस

वीरेन्द्र क्याम्पसमा स्ववियु निर्वाचनको विवाद, आचारसंहिता विपरितको संगठन दर्ता खारेजी गर्न नेविसंघको माग

विद्यार्थीलाई नैतिक आचरण सिकाउन स्कोनको आध्यात्मिक पुस्तक सहित दराज उपहार

भरतपुर महानगर २ को नौलो अभियान , विद्यार्थी सुधार्न अभिभावकलाई शिक्षा

लोकप्रिय समाचार

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

  •   मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित

वासिङटन
अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको भ्रमणमा आउन आमन्त्रण गर्नुभएको समाचारमा जनाइएको छ ।

Advertisement

उहाँहरुका बीचमा सोमबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा उहाँले आफ्ना ब्राजिलियन समकक्षीलाई आमन्त्रण गर्नुभएको जारी विज्ञप्तिमा जनाइएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनको सो आमन्त्रणलाई आफूले स्वीकार गरेको र यस भ्रमणबाट दुई देशका बीचमा आवश्यक समझ्दारी निर्माण गर्न र आपसी सहकार्यलाई अघि बढाउन ठूलो सहयोग पुग्ने पनि ब्राजिलका राष्ट्रपति लुलाले बताउनुभएको सो विज्ञप्तिमा जनाइएको छ ।

उता ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर हिंसात्मक आक्रमणहरु भएका बताइएको छ ।ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि आइतबार राति व्यापक मात्रामा तोडफोड गरेका थिए ।

उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालय, सर्वाेच्च अदालतलगायतका स्थानमा आक्रमण गरेका थिए । उनीहरुले संसदभवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए ।

सो तोडफोड र सरकारी कार्यालयमा भएको आक्रमणको विरोध गरिएको छ । साथै सो आक्रमणको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक हजारजना भन्दा पनि बढीलाई पक्राउ गरेको बताएको छ ।

प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने क्रम जारी नै राखेको छ भने उता प्रदर्शनकारीहरुले विरोध जुलुश निकालिरहेका छन् ।
यता राष्ट्रपतीय निर्वाचनको विरोधमा हिंसा जारी रहेका बेला यता अमेरिकी राष्ट्रपतिले आफ्ना ब्राजिलियन समकक्षीलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको बताइएको हो ।
(रासस÷सिन्ह्वा)

मङ्गलबार, पुष २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जय नेपाल फाउण्डेसनको नेतृत्वमा नयाँ जोश, विस्कान्सन च्याप्टरको अध्यक्षमा विशाल राना मगर
इजरायल, इराक तथा खाडी मुलुकहरुमा रहेका नेपालीलाई सतर्क र सुरक्षित रहन एनआरएनएको आग्रह
अमेरिकामा चितवन घुम्ने निम्तो बाढ्दै युवा ब्यवसायी पन्त

लोकप्रिय

भर्खरै

  • १.
    कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्यतर्फ उन्मुख चितवन

  • २.
    सैनिक मुख्यालय बाहिर सरकारको नेतृत्वको विषयमा विवाद

  • ३.
    सरकारको नेतृत्वमा  सुशिला कार्कीलाई अघि बढाउने प्रस्तावमा विवाद सुरु

  • ४.
    सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई बालेनको समर्थन

  • ५.
    चितवनको रत्ननगर नगरपालिकाद्धारा दुई दिन शोक विदा घोषणा

  • ६.
    चितवनमा जेनजीको आन्दोलनको तयारी यस्तो छ, चितवन बन्दको आब्हान

  • ७.
    भरतपुर महानगर भित्रका शिक्षण संस्था दुई दिनको लागि बन्द

  • ८.
    १९ जनाको ज्यान गएपछि सामाजिक सञ्जाल बन्दको निर्णयबाट पछि हट्यो सरकार

Copyright ©2025 Satisal | All rights Reserved.
 Website By :  nwTech.